नागरिकता विधेक र भ्रष्टाचारका बिरुद्ध अखिल नेपाल युवक संघ सडकमा आउँदै

माघ १४ कपिलवस्तु

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघले भोलि देखि नागरिकता विधेयक र भष्टचार का बिरुद्ध मेचीमहाकाली खबरदारी अभियान सुरु गर्ने भएको छ । मोटरसाइकल ¥याली सहित नगरिकता विधेक र भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने राष्टिय जनमोर्चा कपिलवस्तुले जनाएको छ । अभियानको भोली पश्चिमको कञ्चनपुरबाट सुरु भई माघ २९ गते झापाको बिर्तामोडमा पुगी सम्पन्न हुने कार्यक्रम तय भएको छ । कार्यक्रमको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले गर्नुहुने भएको हो । अभियान अन्र्तगतको सो कार्यक्रम कपिलवस्तु जिल्लामा भने माघ १९ गते चन्द्रौटा र गोरुसिँगेमा हुने अनेरास्ववियु छैठौ कपिलवस्तुका अध्यक्ष रिषभ आचार्यले जानकारी दिनुभएको छ । त्यसको भोलीपल्ट अर्थात माघ २० गते वाणगंगा नगरपालिकाको चारनम्बर जितपुरमा विरोध कार्यक्रमको आयोजना गर्ने तयारी थालिएको नेपाल युवक संघले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...