नदि ठेक्का रद्द देखि नगरसभा सार्ने सम्मका निर्णय कार्यपालिका बैठकबाट

कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नदिको ठेक्का रद्ध गरिएको छ । मंगलवार दिउसो बसेको नगर कार्यपालिकाको वैठकले नदिको ठेक्का रद्ध गर्ने निर्णय गरेको हो । बाणगंगा नदिको ठेक्का प्रकृयामा विभिन्न टिकटिप्पणी हुदै आएको थियो । नगरकार्यपालिकाको बैठकले ठेक्का प्रकृयामा ठेकेदारको मिलेमतो भएको आशंका थियो । ठेक्का प्रथम पक्षले पाच करोड भन्दा बढी कवुल रकममा ठेक्का लिनेगरी टेन्डर हालेको थियो उक्त टेन्डर एन. बि. कन्स्ट्रक्सन (पहिलो पक्षले)े नलिएपछि ओम सत्य शाहि (दोस्रो पक्षलाई) स्वतः ठेक्का लिने बाटो खुलेको थियो तर पहिलो र दोस्रो पक्षले ठेक्का पाएपनि नलिने बताएपछि ठेक्का रद्ध गरिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । ठेक्कामा पहिलो र दोस्रो पक्ष मिलेको र रबि निर्माण सेवा (तेस्रो पक्षको) ठेकेदारलाई ठेक्का पाउने गरी मिलेमतो भएको खुलेपछि ठेक्का रद्ध गरिएको बताईएको छ । नगर प्रबक्ता पौडेलले मायादेवीलाई बताएअनुसार नदिको ठेक्का रद्ध गरिएको र बुधवार नया ठेक्का आह्वान गर्ने गरी प्रकृया अघी वढाईएको छ । यहि ठेक्कालाई लिएर पछिल्ला केहिदिन यता जनप्रतिनिधि र ठेकेदारको मिलेमतो भएको आशंका थियो तर मंगलवार बसको कार्यपालिका बैठकले ठेक्का रद्ध गर्ने निर्णय गरेपछि आशंका चिरिएको छ ।
यसैबिच आज बसेको कार्यपालिका बैठकले नगरपालिका भित्र संचालन हुने चालु वर्षका योजनाहरुका लागि बजेटको टुङ्गो लगाएको छ । नगरपालिकाका विभिन्न वडामा संचालन हुने ७०÷३० र ५०÷५० को योजनाको टुङ्गो लगाएको हो । ७०÷३० को योजनाका लागि नगरपालिकाले १करोड ६० लाख बजेट छुट्टाएको छ जसमा सम्बन्धित उपभोक्ताहरुले बजेटको ३० प्रतिशत लगाउनी जुटाउनुपर्ने छ । उता ५०÷५० का योजनाका लागि नगरपालिकाको १ करोड बजेट रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
यस्तै कार्यपालिका बैठकले यस अघि घोषणा गरेको नगरको छैठौँ नगरसभा तोकेको मिति भन्दा केही पर सारेको छ । माघ २४ गते गर्ने योजनाका साथ मिति घोषणा गरेको नगर सभाका लागि अवस्यक तयारी नपुगेको र विभिन्न अन्य कारणले नगरसभा आगामी फाल्गुण ७ गते गर्ने निर्णय गरको प्रवक्ता पौडेलले रेडियो वाणगंगा सँग बताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...