वाणगंगामा चोरीका घटनाले नागरिक त्रासमा, एकैरात तीन घरबाट लाखौ चोरी

कपिलवस्तु, माघ १५

कपिलवस्तुको वाणगंगा नगरपालिका का विभिन्न स्थानमा गयराति लाखौको धनमाल चोरी भएको छ । गयराती वाणगंगा नगरपालिका वडा नं. ४ दरखास्तमा खगराज ढुंगाना, पुनादेवी अधिकारी, सिर्जना पाण्डे लगायतको घरमा चोरी भएको हो । यता वडा नम्बर ८ मा पनि २ वटा घरमा सोही समयमा चोरी भएको छ । गयराती वडा नम्बर ४ मा भएको चोरीमा परिवारका सदस्यहरु घरमा नभएको अवस्थामा चोरी भएको हो । घरको च्यानल गेट तथा दराजको लक तोडेर घरमा भएको नगद, गरगहना, ल्यापट लगायत अन्य सामाग्री चोरेर लगेको खगराज ढुंगानाले बताएका छन् । घरमा कोहि नभएको बेलामा च्यानल गेट तोडेर घरका कोठा भित्र रहेका दराज तथा झोला खोली गरगहना, नगद सबै लगेको उनीहरुले बताएका छन् ।
कुल कति मुल्य बराबरको चोरी भयो भन्ने विस्तृत विवरण संकलन भईरहेको ईलाका प्रहरी कार्यलय पिपराले जनाएको छ । प्रहरी निरिक्षक आयुष जोशीका अनुसार घट्नाको अनुसनधान भईरहेको छ । चोरी भएका घरमा कोही पनि नभएको मौका छोपी अज्ञात समुहले चोरी गरेको प्रहरीको भनाई छ । आज दिनभरीको अनुसन्धानबाट सिसिटीभि क्यामेरामा प्रहरीले तीन जनाको समूहमा आएका व्यक्ति देखिएको तर उनीहरुनै हुन भन्ने अझै यकिन नभएको प्रहरी निरिक्षक आयुष जोशिले बताउनुभयो । चोरी गर्ने गिरोहले घरभित्र रहेका सबै सामानहरुमा क्षेती पु¥याएका छन् । अहिले पनि प्रहरीले घटनाको स्थलगत अनुगमन र अनुसन्धान गरिरहेको छ । प्रहरी निरिक्षक जोशिका अनुसार डाटा कलेक्सनको काम भईरहेको र अझै चोरी भएको घरका घरमूलि नआएका कारण कति चोरी भयो भन्ने तथ्याङ्क संकलन नभएको बताइएको छ । पुनादेवी अधिकारी कावासोती स्थित माईतीघर गएका बेला उहाँको घरमा चोरी भयो भने नेपालगञ्जमा होटल उद्धघाटनका लागि खगराज ढुङेगाना जानुभएको थियो । उहाँको घरबाट १५ तोला सुन तथा नगद पाँच हजार रुपैया र ३ वटा मोवाईल फोन चोरी भएको परिवारका एक सदस्यले बताउनुभयो । त्यस्तै पाण्डेको घरबाट पनि साढे ९ तोला सुन, एउटा ल्यापटप, ४ वटा मोबाइल, एउटा डिजिटल क्यामरा र नगद ३ हजार चोरी भएको छ । यस किसिमको कार्यगर्ने जोकोहीको पनि मलोबल बढ्न नदिनका लागि त्यस्ता ब्यक्तिलाई पक्राउ गरी कारवाही गर्न उहाले प्रशासन समक्ष आग्रह गर्नुभयो ।
यता सिसिटिभि फुटेजमा राती १२ बजे पछि तीन जना बाइकमा आएर सिर्जना पाण्डेको घरनिर रोकिएको देखिन्छ । तीन जनाको समुहमा आएका उनीहरु पश्चिमबाट पूर्व जादै थिए । बाइक मोडेर पुनः पाण्डेको घरमा रोकिएको फुटेजमा देखिन्छ । पाण्डेको घर अगाडी बाइक रोकेर दुई जना घर भित्रि गएको सिसिटिभी फुटेजमा देख्न सकिन्छ । त्यसपछि उनीहरु केही अगाडी गएर अर्को घर अगाडी रोकिएका छन् । त्यो घरमा पनि चोरी गरी उनीहरु पुर्वतर्फ लागेका छन् ।
सोही सिसिटिभी फुटेजका आधारमा अनुसन्धान अगाडी बढाउन पाण्डेले प्रहरी प्रशासन समक्ष आग्रह गर्नुभएको छ ।
त्यस्तै प्युठानमा रहि शिक्षण पेसामा कार्यरत सिर्जना पाण्डे प्युठानमा रहेका बेला उहाँको घरमा चोरी भएको हो । चोरी भएका तीनै जनाको प्रहरीले शुक्ष्म अध्ययन गरिरहेको छ । यता स्थानियले भने गयराति भएको सो घटनाले आफूहरु त्रसित भएको बताएका छन् । उनीहरुले रातको समयमा प्रहरी सक्रियता समेत बढाउन माग गरेका छन ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...