वडा अधयक्ष मिश्राको दुई महिना : लालपुरलाई समृद्ध बनाउने अठोट

कपिलवस्तु माघ १५,

गत मंसीर १४ गते सम्पन्न उपनिर्वाचनबाट कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० सितलापुरमा भारी मतले मन्जु मिश्रा निर्वाचित भइन । निर्वाचित भए सँगै मिश्राको दुई महिनाको समय सकिएको छ । यो अवधिमा वडा अध्यक्ष मिश्रले आफुले वडाको विकासको लागि हरपल डटेर काम गरेको बताउनु भयो । मिश्राले वडाको समृद्धीका लागि विशेष योजनाका साथ काम गरीरहेको दावी पनि गर्नुभएको छ । आउने दुई बर्षमा उत्कृष्ट वडा बनाउने अठोट लिएको उहाँको भनाई छ । गएको दुई बर्षमा कुनै पनि काम नभएको भन्दै आफु निर्वाचित भएपछी भौतिक पुर्वाधार, विकास निर्माण, स्वास्थ्य सेवा प्रवाह, शिक्षा गुणस्तर, कृषि सेवा र पशु सेवाको कामले गति लिएको बताउनु भयो । आफनो वडामा विद्युत जडान नभएको गरिब घर परिवारलाई निशुल्क मिटर जडान गर्न पहल गरेको बताउनु भयो । वडा नं १० मा ३ सय निशुल्क मिटर जडान गरेको उहाँको भनाई छ । । निशुल्क स्वास्थ्य शिविरबाट १ सय १० जनालाई शल्यक्रिया तथा ५ सय ५० जनाले आँखा चेकजाच पनि गराए । कृषि उपजका लागि अनुदान पाउन ५० जनालाई कृषि सेवा शाखामा सिफारिस वडाले गरेको छ भने पशुहरुलाई निशुल्क सेवा प्रवाहमा पहल पनि थालेको छ । निष्क्रिय रहेको स्वास्थ्य चौकी व्यवस्थापन समिति पुर्न गठन, वडामा किशोर किशोरी समुह गठन, वाल कल्ब युवा कल्ब गठन पनि भएका छन् । भौतिक पुर्वाधार तर्फका १० लाख भन्दा कमका ६ वटा योजनाको लागि वडाबाट उपभोक्ता समिति गठन गरिएको छ । तिन ठुला योजनाको ठेक्का प्रक्रिया आगाडी बढाएको छ । सितलापुर इस्लामनगर गाँउमा आर सि सि ढलान, र बकौली गाँउमा कालोपत्रेको लागि ठेक्का अह्वान प्रक्रिया नगरपालिकाबाट सुरु गरिएको छ । महिलाहरुको क्षमता अभिबृद्धीका लागि तालिम सञ्चालन गरिने वडा अध्यक्ष मिश्राको भनाई छ । श्रीमानको साथ सहयोग र सल्लाहका साथ उहाँले आफुलाई वडाको विकासका लागि सर्मपित गरको पनि बताउनुभयो । मिश्रका श्रीमान राजपा नेपालका केन्द्रिय सचिव हुनुहुन्छ । राजपा नेपालबाट उम्मेदवार बनेकी मिश्राले ८ सय ६८ मत ल्याइ विजयी भएकी थिइन ।
वडामा धेरै काम गर्ने योजना भए पनि केहि कठिनाईले भने उहाँलाई सताईरहेको छ । योजना सम्झौता गर्दा हुने प्राविधिक समस्याहरु, अन्य वडाको तुलनामा अति न्युन बजेट रहेकोले सबै क्षेत्रलाई समेटन नसक्दा केही समस्या भएको उहाले सुनाउनु भयो । त्यस्तै कार्यापालिका बैठकमा भाषागत समस्या समेत आउने गरेको उहाँको गुनासो पनि रहेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...