प्रभावकारी बन्दै म सफा गर्छु मेरो नगर अभियान

रामबहादुर गन्धर्व माघ १५ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिकामा नगर सरसफाई अभियन अन्तर्गतको म सफा गर्छु मेरो नगर अभियान प्रभावकारी बनिरहेको छ । गत वर्षको योजनामा नगरपालिकाले म सफा गर्छु मेरो नगर भन्ने कार्यक्रमको अवधारणा अघि सारेको थियो । सोही अवधारणा अनुसार चालु वर्ष देखि यो अभियान वाणगंगा नगरपालिका भित्रका ११ वटै वडामा हरेक महिनाको १ र १५ गते टोलटोलमा सरसफाई गर्ने गरिएको छ । जसका कारण अहिले वाणगंगा नगरपालिकामा रहेका सबै वडाका टोलविकास संस्थाहरु महिनामा दुई दिन भए पनि सरसफाई अभियानमा स्थानिय सहित जुट्ने गरेका छन् ।
समृद्ध वाणगंगाको मुल आधार, कृषि, पर्यटन, वाताबरण, पुर्बाधार र रोजगार भन्ने मुल नाराका साथ बुधबार वाणगंगा वडा न ६ को बैधौलीमा सरसफाई तथा हरियाली प्रबद्धन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालले वाणगंगा नगरपालिकाको पूर्ण सरसफाईका लागि सुरु गरिएको यो अभियानले हरेक नागरिकहरुलाई आफ्नो क्षेत्र र स्थानको सरसफाई गर्नमा अग्रसर बनाएको बताउनुभयो । उहाँले हरेक नगरिकको जीवन स्वस्थ रहोस भन्नका लागि सुरु गरिएको यो अभियान नगरपालिकाले मात्रै सरसफाई गरेर नहुने भन्दै हरेक नागरिकहरु र वडा बासिहरुपनि सक्रियताका साथ लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाको वडा नम्बर ५ र ६ का वडा अध्यक्षहरु भिष्मराज भुसाल र सुकदेव थारु, नगर शिक्षा शाखा अधिकृत खिमबहादुर जिसी, नगर शिक्षा शाखा प्रमूख बाबुराम भट्टराई, नगर स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेल, स्थानिय समाजसेवी बुद्धिजिवी लगाएतको उपस्थिति तथा सहभागिता रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...