हावाबाट बिजुली : गाउँनै झिलिमिली

माघ १५, पाल्पा ।

पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट विजुली उत्पादन ्भए पछि अहिले गाउँ झिलिमिली बनेको छ । मगर समुदायको बस्ती रहेको रुक्से भन्ञ्याङडाँडामा तीनवटा पंखा घुमिरहेका छन् । दुईवटा ठूला पंखा र एउटा सानो पंखा चलेका छन् । तर यी पंखा विद्युत्–शक्तिले चलेका होइन, हावाले घुमिरहेका हुन् । हावाले घुमाएका तिनै पंखाबाट विद्युत उत्पादन भइरहेको छ, जसले मित्याल गाउँ नै झिलिमिली बनेको छ । निस्दी गाउँपालिका–४, मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ। गाउँपालिकाको केन्द्र रहेको रुक्से भन्ञ्याङमा हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणालीमार्फत् १० किलोवाट क्षमताको बिजुली निकालिएको छ। २०७३ मा नै यसै स्थानमा हावाबाट एक हजार दुई सय वाट विद्युत् निकालेर प्रयोग गरिँदै आएको थियो। वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अध्ययनअनुसार सो ठाउँमा वायु–उर्जाको प्रशस्त सम्भावना रहेको देखिएपछि पुनः २५ किलोवाट क्षमताको विद्युत् निकालिएको हो।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...