रुकुमपूर्वमा यस वर्ष ७० लाखको सुन्तला उत्पादन

रुकुमपूर्व, माघ १५।

रुकुमपूर्वमा यस वर्ष ७० लाख बराबर सुन्तला उत्पादन भएको छ । अनुमानित रु ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने रु ३० लाख बराबरको सुन्तला अझै पनि बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्क्सिंह थापाले जानकारी दिनुभयो । सिस्नेका वडा नं ७ र ८ का झिमखोला, लम्पाकोट, भुरुङ्गा, स्यालापाखा, सानचौर, गोठिचौरलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ । यस क्षेत्रमा गत वर्ष पनि रु ८० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा केही कमी आएको कृषकले बताएका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...