कपिलवस्तुका एक वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरु समाजवादीमा प्रवेश

१५ माघ  कपिलवस्तु ।

१५ माघ सामाजवादी पार्टी कपिलवस्तुले तौलिहवामा अयोजना गरेको पार्टी शुद्धिकरण आभियानमा मायादेवी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सहित १ जना कार्यपालिका सदस्य पनि प्रवेश गरेका छन । वडा नं. २ का वडा अध्यक्ष सरफुद्दिन मुसालमान, मायादेवी गाउँकार्यपालिका सदस्य महेन्द्र धोवी र ४ जना वडा सदस्यहरु प्रवेश गरेको नव प्रवेशी मुसालमानले जानकारी दिनु भएको छ । समाजवादीले मुसालमानलाई पाटीको जिल्ला उपाध्यक्षको जिम्मेवारी समेत दिएको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले जानकारी दिनु भएको छ । पार्टी शुद्धिकरण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा प्रदेश ५ का ईन्चर्ज दानबहादुर चौधरीले मधेश आन्दोलनले अधिकारसम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र सधान स्रोत सम्पन्न प्रदेश मागेपनि अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको बताए । संविधान संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्रता अनुभूति गर्न नसक्ने उल्लेख गर्दै चौधरीले त्यसको लागि पनुः संघर्षको आवश्यक्ता रहेकाले पार्टी संगठन विस्तार तथा शुद्धिकरणमा जुटेको बताए । यता केन्द्रिय सदस्य तथा प्रदेशको संसदीय दलका नेता सहसराम यादवले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वा्चित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म समाजवादको परिकल्पना गर्न नसकिने बताएका छन । यादवले संघीयता विरोधीहरु विभिन्न बहानामा संघीयता समाप्त पार्न षडयन्त्र गरिरहेको दाबी गरे । यादवले संगठित र अनुशासित बन्दै संघर्षको तयारीमा जुट्न कार्यकर्तालाई अग्रह गरेका छन ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...