श्रीपञ्चमीका अवसरमा अक्षरारम्भ

रामबहादुर गन्धर्व माघ १६ कपिलवस्तु

आज बसन्त पञ्चमी तथा श्रीपञ्चमी कपिलवस्तु सहितका देशैभरका शिक्षालय तथा सरस्वतीका मठहरुमा धुमधामका साथ पुजार आराधना गरि मनाइएको छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । वसन्त पञ्चमीका नामले समेत चिनिने पर्वमा हातमा विणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई खासगरी विद्यार्थीले पूजा गर्ने चलन छ । सूर्य उत्तरतिर लागि, दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिएको हो । श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने गरिन्छ । यही दिन केटाकेटीको नाककान छेड्न पनि उत्तम मानिन्छ । यस दिन साहित्यकार, कलाकार, पत्रकार, शिक्षक आफ्ना कला साधनाका वस्तु कलम, कापी, किताब र वाद्ययन्त्रलाई पूजा गर्ने गर्दछन् । सरस्वती पूजाको दिनमा देशभरका विद्यालयमा सरस्वती पूजाआजा हुने गरेको छ । कतिपय विद्यालयले यही दिनको अवसर पारी भर्ना अभियान पनि सुरु गरेका छन् ।यस दिन उपत्यकालगायत देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइचो लाग्नेगर्छ । आज शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा पनि लिने गरिन्छ । सोही अवसरमा आज कलिवस्तुको वाणगंगा नगरपालिका भित्रका विभिन्न विद्यालयहरुले अक्षरारम्भ तथा सरस्वती पुजा को अवसरमा कार्यक्रम गरेका छन् । नगरपालिकाको वडा नम्बर ६ स्थित बैदौलीमा रहेको कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदनले विशेष कार्यक्रम तथा कलश यात्रा गरी झाँकि सहित वडा नम्बर ५ र ६ मा परिक्रमा गरि विद्यालय परिसरमा कार्यक्रम गरेको थियो । कार्यक्रममा सबै जातजातिका भेषभूषा सहित विभिन्न संस्कृति झल्कने खालका अवधिको आला, थारुहरको मौलिक, गूङको देउडा लगाएतका सांस्कृतिक नृत्यहरु सहित विद्यालयमा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रिन्सिपल ठाकुर प्रसाद पोख्रेलले बताउनुभयो । कार्यक्रममा खिमराज भट्टराई, शिक्षक एवम् बुद्धिजिवी टिकाबहादुर मल्ल, पूर्व सहायक प्रअ कर्णबहादुर सुनार, लेखा समिति संयोजक रविलाल भट्टराई, संचालक समिति सदस्य लेखनाथ भट्टराई लगाएतको आतिथ्यता रहेको थियो । विद्यालयकी शिक्षिक रितादेवी अर्यालयको स्वागत तथा शिक्षक चन्द्रबहादुर विकको संचालनमा सम्पन्न भएको हो । यता वडा नम्बर ५ कोपवामा रहेका अन्नपूर्ण विद्या मन्दिर माविमा पनि बसन्त पञ्चमीको अवसरमा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा विद्यालयमा ५० बढि बालवालिकाहरुले आज अक्षरारम्भ गरेका छन् । यसैबिच उता वडा नम्बर ८ मा रहेको जनसेवा आधारभूत विद्यालयमा पनि आज श्रीपञ्चमीको अवसरमा अक्षरारम्भ तथा सरस्वती पूजा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ । विद्यालयको वालविकास कक्षामा २५ जना विद्यार्थीहरुले आज अक्षरारम्भ गरेको विद्यालयका प्रअ ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभायो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सहित अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । उता कपिलवस्तु नगरपालिका स्थित वडा नम्बर ९ कुस्मामा रहेको बुद्धशान्ति ईङ्लिस बोर्डिङ स्कूलमा पनि अतिरिक्त क्रियाकलाप सहित पुरस्कार वितरण तथा अक्षरारम्भका क्रक्रममा ३० जना वालवालिकाहरु भर्ना भएको विद्यालयका प्रिन्सिपल नारायण पौडेलले जानकारी दिनुभयो । यता वडा नम्बर ७ मा रहेको पारिजात मावि बनगाईमा पनि सरस्वती पुजाको अवसरमा ६० बढि बालवालिकाहरुले अक्षरारम्भ गरेका छन् । विद्यालयमा वालवालिका सहित अभिभावक तथा शिक्षक शिक्षिकाहरु सहितको उपस्थितिमा आज बसन्त पञ्चमीको अवसरमा विद्यालयले भव्यताका साथ बसन्तपञ्चमी पर्व मनाएको हो । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाले अघि सारको पूर्ण साक्षर नगरपालिका घोषाणा सँगै कोही पनि वालवालिका शिक्षाको पहूँच भन्दा बाहिर हुन नपरोस भन्ने उद्देश्यलाई साकार पार्न बसन्च पञ्चमीले विशेष भुमिका खेलिरहेको जानकारहरुले बताएका छन् ।
यसैबिच श्री जनज्योति उच्च माध्यमिक बिद्यालय बाणगंगा ७ मोतिपुरमा पनि सरस्वति पुजा तथा सदिहरु प्रति श्रदाञ्जली कार्यक्रम आज सम्पन्न भएको छ । नव निर्मित बिद्यालयको पा्रङगण परिसरमा गरिएको कार्यक्रममा सरस्वती मन्दिरका सहयोगदाता श्री खिमानन्द भुषाल( रामलाल भुषाल ) र उहाँका सुपुत्र पदम भुषाल लाई सम्मन समेत गएिको छ । बिद्यालयका शिक्षक अविभावक संघका अध्यक्ष श्रीधर घिमिरेको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा , सहयोगदाता श्री रामलमल भुषालको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा बिद्यालय ब्यावस्थापन समिती का पूर्व सदस्य ईन्द्रमणी घिमिरे , पुर्व शिक्षक ललित कुमार पौडेलको आतिथ्यता रहेको थियो । हाम्रा कोपावा सहकर्मी रामबहादुर गन्धर्वले खबर पठाउनुभएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...