हात्तिपाइले बाट बच्न औषधि अनिर्वाय : उपमेयर अर्याल

१६ माघ जितपुर

वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणि अर्यालले हात्तिपाइलेको औषधि सबैमा अनिवार्य भएको बताउनुभएको छ । विगतमा औषधि नखाएकै कारण यो रोग निराकरण हुन नसकेको भन्दै रोगबाट बच्च औषधि अनिवार्य खानुपर्ने बताउनुभयो । वाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाद्धारा विहीबार शिक्षक, प्रध्यापक तथा सरोकारवालाहरुका लागि राखिएको नगर स्तरीय अभिमूखिकरण कार्यक्रममा बोल्दै उपमेयर अर्यालले हात्तिपाइले रोग विरुद्धको औषधिका बारेमा समाजमा गलत भ्रम रहेकोले यसलाई सबै मिलेर चिर्नुपर्नेमा जोड दिनुभयो ।
‘विगतमा औषधि नखाएकै कारण कपिलवस्तुमा यो अभियान सफल हुन सकेन्, अहिले १२ औं पटक औषधि खाने कार्यक्रम हुँदै छ उहाँले भन्नुभयो, “यो बर्ष शतप्रतिशत औषधि खुवाउने लक्ष्यका साथ नगरपालिका लागेको छ, यसमा सबैको साथ चाहिन्छ ।” नेपालमा हात्तिपाइलेका रोगी सबैभन्दा बढी कपिलवस्तुमा रहेका छन् । हात्तिपाइले संक्रमितको संख्या १.५ भन्दा कम भयो भने अभियान सफल भएको मानिन्छ । तर, कपिलवस्तुमा झण्डै १३ प्रतिशत रोगीको तथ्याङ्क छ । छिमेकी जिल्ला रुपन्देही, अर्घाखाँची, नवलपरासी, दाङ लगायतमा अभियान पूर्ण रुपमा सफल भएछ नगर उपप्रमुख अर्यालले भन्नुभयो, “कपिलवस्तुमा बर्षेनी रोगी बढेका बढै छन, जुन निकै गम्भिर विषय हो । सम्पन्न अभिमुखिकरण कार्यक्रममा सहभागि भएका शिक्षक तथा प्रध्यापकहरुलाई आफ्नो विद्यालय र समुदायमा समेत रोग विरुद्धको औषधि सेवन गराउने अभिायनमा जुट्न आग्रह गरिएको छ । वाणगंगा नगरपालिकामा यो अभियान स्वरुप माघ २५ गते हात्तिपाईले विरुद्धको औषधि सेवन कार्यक्रम आयोजना गरिदैँ छ ।

भलवाडमा अभिमुखिकरण

भलवाड स्वास्थ चौकीको आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोगमा माघ २५ गतेदेखि सुरु हुने हात्तीपाइले विरुद्ध आम औसधि सेबन २०७६ का लागि वडा स्तरीय अभिाुखिकरण वडा ९ को जिनुवामा सम्पन्न भएको छ । कार्यक्रममा भलवाड स्वास्थ चौकी प्रमुख तथा प्रशिक्षक जित बिकास रायमाझीले हात्ती पाइले रोग निर्मुल पार्न समुदायमा कोहि पनि ब्यक्ति नछुटुन भन्नका लागि राज्यको नीति अनुसार १ प्रतिशात भन्दा कम हुनुपर्ने त्यसलाई सफल पार्न सबैले आ ( आफ्नो ठाउँबाट सहयोग पु(याउनु पर्ने बताउनु भएको थियोे । कार्यक्रममा वडा अध्यक्ष धुर्ब बेल्बासेले वडा नागरिकलाई यश अभियानमा सहभागी भइ हात्ती पाइले ( फाइलेरिया रोग मुक्त नगरका लागि सबैको हातेमालो हुन आबश्यक रहेको बताउनु भएको थियोे । कार्यक्रममा जनप्रतिनिधिहरु , टोल विकास संस्थाका अध्यक्षहरु,स्वास्थ ब्यबस्थापन समितिका प्रतिनिधि ,वडा सचिव सन्तोष कुमार बैठा लगायतको सहभागीता रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...