लेखा परीक्षण नगराउने विद्यालयको बैंक खाता रोक्का

माघ १७,

गुल्मी स् लेखा परीक्षण नगर्ने विद्यालयको बैंक खाता गाउँपालिकाले रोक्का गरिदिएको छ।

जिल्लाको मदाने गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सिदार्थ प्राथमिक विद्यालय सिर्सेनी, बालकल्याण प्राथमिक विद्यालय मलागिरीले विद्यालयको लेखा परीक्षण नगराएकाले आर्थिक वर्ष २०७६र०७७ को सुरुदेखि विद्यालयको बैंक खाता रोक्का गरिएको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए।

यी दुई विद्यालयले चार वर्षसम्मको लेखा परीक्षण नगरेको र लेखा परीक्षण नगरेसम्म बैकको खाता फुकुवा नगरिने सूचना अधिकारी पोखरेलले दाबी गरे। विद्यालयका जानुपर्ने सबै रकम विद्यालयको खातामा पठाइएको तर विद्यालयको कृषि विकास बैङक पुर्कोटमा रहेको खाता रोक्का गरिएको गाउँपालिकाले जनाएको छ।

विद्यालयका प्रधानाध्यपक र विद्यालय व्यवस्थापन समितिसँग पटक(पटक आग्रह गर्दासमेत लेखा परीक्षण नगराएकाले विद्यालयको बैङक खाता रोक्का गर्न बाध्य भएको गाउँपालिकाले दाबी गरेको छ।

खाता रोक्का हुँदा साउनयता शिक्षकको तलव, छात्रवृत्ति र अन्य आर्थिक कार्यहरू पनि बन्द भएको बालकल्याण प्राथमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर सेनले बताए।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...