सहिद दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटवल प्रतियोगीतामा अनेरास्ववियू विजयी

 माघ १७ 

सहिद दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटवल प्रतियोगीतामा अनेरास्ववियू विजयी भएको छ । पत्रकार महासंघ र अनेरास्ववियूका बीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा २ का बिरुद्ध ३ गोलले अनेरास्ववियू विजयी भएको हो ।

अनेरास्ववियू दाङद्वारा घोराहीको भरतपुर खेलमैदानमा शुक्रबार बिहान भएको फुटबल प्रतियोगितामा अनेरास्ववियूका विराज डिसीले २ र विवेक श्रेष्ठले १ गोल गर्दै टिमलाई विजयी बनाउनुभएको हो । खेलमा नेपाल पत्रकार महासंघकोतर्फबाट महासंघ दाङका अध्यक्ष सविन प्रियासन र विश्व चौधरीले १÷१ गोल गर्नुभएको थियो । खेलमा अनिस पोख्रेलले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।

अनेरास्ववियूका जिल्ला संयोजक जंग रोकाको अध्यक्षता तथा पत्रकार महासंघका अध्यक्ष प्रियासको प्रमुख आतिथ्यता र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठको विशिष्ठ आतिथ्यतामा भएको खेलमा विजयी अनेरास्ववियूको टिमलाई १० हजार र उपविजेता नेपाल पत्रकार महासंघको टिमलाई ५ हजार पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन अनेरास्ववियूका जिल्ला सह संयोजक सर्जन परियारले गर्नुभएको थियो ।

यसैबीच सहिद दिवसको अवसरमा अनेरास्ववियूले बिहीबार दीप प्रज्ज्वलन गरेको छ । अनेरास्ववियू जनता क्याम्पसले विजौरीमा र राप्ती ईञ्जिनियरिङ कलेजले घोराहीमा दीप प्रज्ज्वलन गरेको सह–संयोजक सर्जन परियारले जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...