साहित्य प्रतिष्ठानको हाजिरीजवाफमा सगरमाथा प्रथम

माघ १७ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित वाणगंगा साहित्य प्रतिष्ठानले आज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । वाणगंगा नगरपालिकाको सहयोगमा प्रतिष्ठानले यस क्षेत्रका साहित्यप्रेमी, सिर्जनशिल तथा प्रतिभावान व्यक्तिहरुको पहिचान गर्ने र प्रोत्साहित गर्ने उद्देश्य सहित माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरुका विद्यार्थीहरुको सहभागिता रहेको प्रतिष्ठानले जनाएको छ । सम्पन्न प्रतियोगितामा नगरपालिका भित्रका २० वटा विद्यालयका प्रतियोगि विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा वडा नम्बर ९ भलवाड स्थित सगरमाथा विद्या मन्दिर प्रथम भएको छ । त्यस्तै सिद्धार्थ माध्यमिक विद्यालय बुङ्चि द्धितिय तथा अन्नपूर्ण विद्या मन्दिर मावि कोपवा तृतय भयो भने होमराज मावि हथौसाले सान्त्वना स्थान प्राप्त गरको आयोजक संस्थाका सह सचिव दिपक कुवँरले जानकारी दिनुभयो । सम्पन्न प्रतियोगितामा प्रथम द्धितिय, तृतीय र सान्त्वना हुने विद्यालयहरुले क्रमश नगद २ हाजर ५ सय, २हाजर, १हजार ५ सय र १ हजार रुपैँया हात पारेका छन् । प्रतियोगितमा वाणगंगा साहित्य प्रतिष्ठानका अध्यक्ष नित्यानन्द पाण्डेको अध्यक्षतामा वाणगंगा नगरपालिका शिक्षा शाखा अधिकृत खिमबहादुर जिसीको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा वाणगंगा स्रोत व्यक्ति कविराज भण्डारी र वाणगंगा मावि लौगाईका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रम सह सचिव दिपक कुवँरको स्वागत तथा संचालनमा सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...