स्वास्थ्य चौकी मोतिपुर द्धारा हात्तिपाईले विरुद्ध अभिमुखिकरण

माघ १७ मोतिपुर

कपिलवस्तु जिल्लामा विगत लामो समय देखि हात्तिपाईले अर्थात फाईलेरिया विरुद्धको अभियान संचालन भई रहे पनि अहिले सम्म सफल हुन सकिरहेको छैन । जसका कारण यस वर्ष १२ औँ पटक जिल्लाको वाणगंगा नगरपालिकाका ११ वटै वडाहरुमा औषधि सेवन अभियान सुरु गरिदैँ छ । माघ २५ गते देखि सुरु गरिने औषधि सेवन अभियानका लागि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरु पनि सक्रिय रुपमा लागिरहेका छन् ।
सोही अनुसार आज वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित मातिपुर स्वास्थ्य चौकीमा वडा नम्बर ७ र ८ भित्रका महिला स्वस्थ्य स्वयमसेविकाहरुका लागि एक दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कर्यक्रममा आगामी माघ २५ गते देखि संचालन ह’ने हात्तिपाईले रोग निवारण आम औषधि वितरण अभियानलाई सफल बनाउन स्वयमसेविकाहरुको सक्रियता पनि विशेष रहनुपर्नेमा जोड दिइएको स्वास्थ्य संस्था प्रमूख हिमलाल घिमिरेले बताउनुभयो । कार्यक्रममान दुईवटा वडा भित्रका १५ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुको सहभागितामा वाणगंगा नगरपालिका स्वास्थ्य शाखा नर्सिंङ अधिकृत मुमकला भुसाल, स्वास्थ्य चौकी मोतिपुरमा कार्यरत हेल्थ असिस्टेन दिपक जैसी र स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेको सहजीकरण गरको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...