शुक्लाफाँटा कार्यपालिका बैठक तेस्रोपटक स्थगित, तीनबुँदे सहमतिपछि ताला खुल्यो 

 माघ १८,

ञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कार्यपालिका बैठक तीन पटक लगातार स्थगित भएको छ। अनुमोदन नै नगरिएका योजनाको खर्च पारित लागिएपछि कार्यपालिकाका बहुमत सदस्यले त्यसको विरोध गर्दै बैठक चल्न नदिएका हुन्‌। माघ १२, १३ र १७ गते तय गरिएका कार्यपालिकाका बैठक स्थगित भएका छन।

बैठकमा पेश गर्न तय गरिए बाहेकका एजेण्डाहरु पारित गराउने परिपञ्च हुँदै आएकाले त्यसको विरोध गर्दै बैठक चल्न नदिइएको कार्यापालिका सदस्य एवं वडा नं ९ का वडा अध्यक्ष रमेश ऐरले बताए। आफूखुशी योजना पहिले नै कार्यान्वयन गरी बजेट खर्च अनुमोदनका लागि बैठकमा केही सदस्यले पेश गर्दै आएका छन्,उनले भने, ‘त्यसको विरोध गरेका हौं, योजना कार्यान्वयन गर्नुअघि कार्यपालिकाबाटै बजेट अनुमोदन गर्नुपर्छ।’

कर्मचारी भर्ना गर्दा कार्यक्षमता, दक्षता र नियमपूर्वक राख्नु पर्नेमा काम गर्दै आएका पुराना कर्मचारीलाई दर किनार गर्दै मनोमानी तरिकाले कर्मचरी राखिन थालेपछि त्यसको समेत विरोध गरिएको ऐरले बताए। वैकल्पिक सूचिमा रहेका ११ जनालाई करारमा राख्‍ने भन्दै कार्यपालिका बैठकमै नराखिएको एजेण्डा पारित गर्न खोजिएपछि अर्को तनाव भएको छ।

राजनीतिक स्वार्थ र रकमको लेनदेनमा ११ जनालाई करारमा राख्‍न खोजिएको भन्दै सदस्यहरुले विरोध गरेका हुन्‌। वडासदस्य ऐरका अनुसार नगरपालिकाले केही दिनअघि मात्रै नयाँ कर्मचारी भर्ना गरेको छ। नगरपालिकाको आन्तरिक आम्दानीले नथेग्ने गरी पुनः नयाँ कर्मचारी भर्नाको चलखेल भएकाले विरोध गरिएको उनले बताए।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...