नेपालीको स्वास्थ्य ग्यारेन्टी चीन सरकारले लिने चिनियाँ दूतावासको भनाई

 १८ माघ,

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले रहेका नेपाली नागरिकको सुरक्षाको ग्यारेन्टी लिने जनाएको छ ।

चीनमा रहेका आफ्ना नागरिकहरुको उद्धार र सुरक्षामा चीनले चासो नदिएको नेपालले गुनासो गरिरहेका बेला नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो ।

वुहानमा रहेका नेपाली विद्यार्थीसहित सबैको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिने चीनले बताएको छ । नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस विज्ञप्ति जारी गरी प्रतिबद्धता जनाएको हो ।

धेरै चिनियाँ नागरिक नेपाल घुम्न आउन इच्छुक रहेकाले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै कोरोना भाइरसबाट सचेत गराई नेपाल घुम्न प्रेरित गर्ने पनि विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार मात्रै स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेट्दै चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसको प्रकोप रोक्न, नियन्त्रण र व्यवस्थापन गरिन र नेपालीहरुलाई समस्या आउन नदिनेबारे स्पष्ट पारेकी थिइन ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...