जन्मदिनमा पाण्डेले गरे भाग्य बोक्ने झोला वितरण

माघ १९ कपिलवस्तु

पछिल्लो समय नयाँ पुस्ताहरुमा जन्मदिन मनउने शैलीमा फेरबदल आएको छ । जन्मदिनका अवसरमा अहिलेका नयाँ पुस्ताका केही युवायुवतीहरुले आफूलाई सामाजिक क्षेत्रमा योगदान गर्ने सोचमा विकास गरेका छन् । साथीभाई र आफन्तहरुका बिचमा ठूलो धनराशिको खर्चमा जन्मदिन मनाउनुको साटो सामाजिक क्षेत्रका विभिन्न रचनान्तमक र प्रेरणदायी काममा सहभागित भई जन्मदिन मनाउने परिपाटीले समुदायमा सकारात्मक प्रभाव समेत पार्ने गरेको छ । यस्तै किसिमले कपिलवस्तुको वाणगंगा नगरपालिकाका तिलक पाण्डे (टि.आर)ले आप्mनो २४ औँ जन्मोत्सवका अवसरमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुसँग जन्मदिन मनाउनुभएको छ ।


वाणगंगा नगरपालिका वडा नम्बर ८ निवासी पिता नित्यानन्द पाण्डे र माता मिना पाण्डेका कान्छा सुपुत्र तिलकले आफैले अक्षरारम्भ गरको जनसेवा आधारभूत विद्यालयमा अध्ययन गर्ने १ सय विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला वितरण गरि जन्म दिन मनाउनुभएको हो । पाण्डेले विगत चार वर्ष देखि आप्mनो जन्मदिन समुदायका विभिन्न क्षेत्रमा योगदान पुग्ने गरी मनाउदै आउनुभएको छ । सोही अनुसार आप्mनो २४ औँ जन्मदिनको कार्यक्रम आफुले अक्षर सिकेको विद्यालय र सोही विद्यालयका वालवालिकाहरुको साथमा मनाएको बताउनुभयो ।


पाण्डेको जन्मदिनको अवसरमा विद्यालयमा आयोजित भाग्य बोक्ने झोला वितरण कार्यक्रममा पूर्व मन्त्री तथा पूर्व राजदूत दिपकुमार उपाध्यायले पछिल्लो समय युवायुवतीहरु सामाजिक दुरुत्साहन र लागुऔषधको दव्र्यशनीमा फसिरहेको अवस्थामा तिलक पाण्डे जस्ता युवाहरुको सोचले समाजमा सकारात्मक कामको सूवातको संकेत पनि गर्न थालेको बताउनुभयो । उहाँले २४ वर्षको युवाले सामाजिक दायित्वबोधको भावना विकास गर्नुले आप्mना हरेक महत्पवूर्ण समयलाई समाजको विकास र हितका लागि खर्च गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको भन्दै जन्मदिनको शुभकामना दिनुभयो ।
कार्यक्रममा जनसेवा आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पार्वती थापाको अध्यक्षता तथा पूर्व मन्त्री उपाध्यायको प्रमूख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाली कागं्रेस क्षेत्रीय सचिव प्रेमनारायण पौडेल, विद्यालयका संस्थापक अध्यक्ष शिवचन्द्र आचार्य, तरुण दल जिल्ला सभापति शक्ति सिँह ठकुरी लगाएतले पाण्डेलाई शुभकामना दिनुभएको थियो । सोही अवसरमा जन्मदिनको अवसरमा विद्यालयले पाण्डेलाई सम्मान गर्दै शुभकामना पनि दिएको थियो ।
कार्यक्रम विष्णु मल्लको संचालनमा सम्पन्न भएको छ । जनसेवा आधारभूत विद्यालयका कक्षा १ देखि ७ सम्मा १ सय विद्यार्थीलाई पाण्डेले झोला वितरण गर्नुभएको हो ।


यसैबिच कपिलवस्तुको वाणगंगा बहुमुखी क्याम्पसका ने बि सघंका नेता समेत गरहनुभएका टि आर पाण्डे ले आफ्नो २४ औँ जन्मोत्सवको अवसरमा आज गौरी भवानी माध्यमिक बिद्यालय गजेहडा ९ भक्तौलीका बिद्यार्थीलाई पनि झोला वितरण गर्नुभएको छ । लामो समय देखि विद्यार्थीहरु र विद्यालय क्षेत्रको विभिन्न नेतृत्व लिदैँ आउनुभएका पाण्डे हाल भने वाणगंगा बहुमुखी क्याम्पसमा ने बि संघको बिद्यार्थी राजनितीमा पनि सक्रिय हुनुहुन्छ । ने बि सघं सिद्धार्थ क्याम्पस का एकाई सभापती बुद्धि बहादुर रोकाहा (दिनेश) को अध्यक्षता भएको सो कार्यक्रममा जिल्ला समन्वय समितीकी उपसंयोजक तारावती चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाल तरुण दल जिल्ला कार्यसमिती अध्यक्ष शक्ति शिंह ठकुरी , नेपाली काँग्रेश क्षेत्र न १ का क्षेत्रिय सभापाती प्रेमनारायण पौडेल, वडा न३ वडा अध्यक्ष सन्ताराम रौतार बिद्यालयका प्र अ गोपाल प्रसाद चौधरी लगाएतको विशिष्ट आतिथ्यता रहेको थियो भने तरुणदल सैनामैनाका नगर कोषाध्यक्ष खेमराज पोखे्रल, तरुण दल क्षेत्र न १ सभापती तिलक थापा , ने बि संघ क्षेत्र न१ का सभापति चन्द्रकान्त पोख्रेल लगाएत, बिद्यालय व्यावस्थापन समितिका पदाधिकारीहरु, शिक्षक शिक्षीकाहरु लगाएतको आतिथ्यता रहेको थियो । बिद्यार्थी नेता टि आर पाण्डेलाई शुभाकामना दिदै जिल्ला समन्वय समिति कपिलवस्तुकी उप प्रमूख तारावती चौधरीले आफु स्वयमं बिद्यार्थी भएर बिद्यार्थीहरुका समस्या लाई बुझेर समाधान गर्नुमा यस्ता कामले महत्वपूर्ण भुमिका खेल्ने र यसको सबैले सिको गर्नुपर्ने बताउनुभयो । यस्तै तरुणदल अध्यक्ष शक्ति सिंह ठकुरीले पाण्डे जन्मदिनको अवसरमा शुभकामना दिँदै अबका युवाहरुले यस्ता र्सहनिय काम गर्न सकेमा सिङगो समाजको परिर्वतन निश्चित रहेको बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै बिद्यार्थीका केन्द्रबिन्दु टि आर पाण्डेले बिद्यार्थीका समस्या साटासट गर्न पाँउदा आफु खुसीले र्हषित भएको र आगामी दिनमा पनि आफु सामाजिक काममा सक्रिय हुँदै जाने प्रतिबद्धता ब्याक्त गर्नुभयो । कार्यक्रममा नेपाल तरुणदल क्षेत्र न १ का सचिव गोबिन्द आचार्य को स्वागत र सिद्धार्थ क्याम्पस स्वियु सदस्य हरी ढुङगानाको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...