काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ हुँदै

माघ १९, काठमाडौँ ।

विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन् ।काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन २० गते कनकमुनि बुद्धको जन्मभूमि निग्लिहवा पुगेर समापन गरिनेछ । आनन्दकुटी विहारको संयोजनमा हुने उक्त कार्यक्रममा दैनिक करिब ३० किलोमिटर हिँड्ने लक्ष्य लिइएको छ । यात्राका क्रममा स्कूलको खुला मैदान वा खुला चौरमा बास बस्दै यात्रालाई निरन्तरता दिइनेछ । कार्यक्रमका संयोजक भिक्षु पन्नामूर्ति महास्थवीरले विश्वमा अहंकार र महत्वाकाङ्क्षाले गर्दा द्वन्द्व, हिंसा र अशान्ति बढिरहेका बेलामा जुन बुद्धको आदर्शलाई अनुशरण गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिए । विश्व कल्याणका लागि बुद्धले सिकाएको अहिंसा, मैत्री र करुणा फैलाउन दुःखकष्ट गरेर भए पनि पैदल यात्रा गर्न लागिएको उनले बताए । थाइल्याण्डका भिक्षु सोमछाई महास्थवीरको नेतृत्वमा २० भिक्षु सहभागी हुने कार्यक्रम छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...