वडा स्तरीय ७ र ८ को हात्तीपाइले रोग निवारण कार्यक्रम सम्पन्न ।।

माघ २० बसन्ता भुसाल

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ८ चप्परगाउँमा (आईतबार) मोतिपुर स्वास्थ्य चौकीले हात्तीपाइले फाईलेरीया रोग निवारण अभियान वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

वाणगंगा नगरपालिका नगरपालिकाको आयोजनामा गरिएको अभिमुखीकरण कार्यक्रममा यो रोगको चिन्ह लक्षण र यसबाट बच्ने उपायको बारेमा हेल्थ असिस्टेन दिपक जैसीले जानकारी दिनुभएको हो । हात्तीपाइले रोग लागेका मानिसले नियमित औषधि सेवन नगर्दा पनि रोग निको नभएका घटना सार्वजनिक हुने गरेका छन् ।

यो रोग लागेका व्यक्तिले यसविरुद्धका औषधि वर्षमा एकपटक गरी ६ वर्षसम्म सेवन गर्नुपर्ने चिकित्सकको भनाइ छ । दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीले हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्नुहुँदैन । बिरामीले पनि आफ्नो स्वस्थ्यलाई हेलचेक्क्र्याईं नगरी डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । औषधि सेवन हात्तीपाइले रोगबाट बच्ने प्रभावकारी उपाय रहेको चिकित्सकले बताएका छन् ।

संक्रमित क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने प्रशिक्षक दिपक जैसीले स्पष्ट पार्नुभयो । रोग नियन्त्रको अभियान अन्र्तगत वाणगंगा नगरपालिकामा यहि फागुन २५ गते देखि संचालन हुने निःशुल्क औषधि खुवाउने कार्याक्रममा सहभागि भई औषधि सेवन गर्न समेत वाणगंगा नगरपालिकाको कार्यालयले आग्रह गरेको छ । वडा नं ८ का वडा अध्यक्ष गुणनिधी भुसालको अध्यक्षता वडा नं ७ का वडा अध्यक्ष विष्णु गिरीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ४० जना भन्दा बढिको सहभागिता रहेको थियो । नगरपालिका स्वास्थ्य शाखाको तर्फबाट भक्तीराम पाण्डेले हात्तीपाइले रोग निवारण कार्यक्रमलाई सफल बनाउनका लागी सबै लाग्नुपर्ने भन्दै अभियानको सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै वडा नं ७ का वडा अध्यक्ष विष्णु गिरीले हात्तीपाइले रोगबाट बच्नका लागी नगरपालिकाका सम्पूर्णलाई आग्रह गर्नुभएको छ । यश अभियानमा सहभागी भइ हात्ती पाइले  फाइलेरिया रोग मुक्त नगरका लागि सबैको हातेमालो हुन आबश्यक रहेको बताउनु भएको थियोे ।

कार्यक्रमको समापन वडा नं ८ का वडा अध्यक्ष तथा स्वास्थ्य व्यावस्थापन समितिका अध्यक्ष गुणनिधी भुसालले गर्नुभएको होे । कार्यक्रममा विभिन्न जनप्रतिनिधीहरु,स्वास्थ्य व्यावस्थापन समितिका सदस्यहरु,विद्यालयका प्रध्यानाध्यापक,वडा वाल संजालका प्रतिनिधी,संघसंस्थामा आबद्ध स्थानीय बुद्धिजिवी,टोल विकासका संयोजक,स्वास्थ्य चौकीका कर्मचारीहरुको उपस्थिति रहेको थियो । विष्णु गिरीको स्वागत तथा मोतिपुर स्वास्थ्य चौकीका प्रमुख हिमलाल घिमिरेको संचालनमा सम्पन्न गरिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...