Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

नेपाली काङ्ग्रेसको चियापान कार्यक्रम भोलि

वाणगगा अनलाईन

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती कपिलवस्तुको आयोजनामा भोलि असोज २६ गते आईतवार कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

काङ्ग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, शुभ दिपावली , नेपाल संवत्, छठ लगायत पर्वको अवसरमा असोज २६ गते बिहान  ११ बजे पाटी कार्यलय तौलिहवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको हो ।

नेपाली कांग्रेस कपिलबस्तुका सभापति सुरेन्द्र राज आचार्यले जानकारी गराए अनुसार चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, विभिन्न सञ्चारमाध्यमका प्रमुख, पत्रकार लगायतका विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहने छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...