एकादशी तिथि देखि सुरु भएको सरायें जात्राको रौनक आझै पनि जारी

,असोज २६

दशैको भोली पल्ट एकादशी तिथि देखि सुरु भएको सरायें जात्राको रौनक आझै पनि जारी छ । तराईका कपिलवस्तु र रुपन्देहीका विभिन्न स्थानमा सरायें नाचको रौनकता बढीरहेको छ । विजयादशमीको अन्तिम दिन तथा कोजाग्रत पूर्णीमाको दिन आज आइतबार आज वाणगंगा नगरपालिका ७ मोतीपुर डाँडामा पनि सरायें नाच नाचिदै छ । जिल्लाका विभिन्न स्थानमा पनि सरायें जात्रा निकाल्ने तयारी भैरहेको बताइएको छ भने बैरियामा पनि सरायें नाच नाचिने भएको छ । विशेष गरी ५ नं. प्रदेशका अर्घाखाँची, पाल्पा, गुल्मी र प्युठानमा नाचिने सरायें नाच पछिल्लो समय तराईका जिल्लामा पनि नाच्न थालिएको हो । बैरियामा रहेको दुर्गा भगवतीको मन्दिरबाट सरायें जात्रा निकाल्ने तयारी भैरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सरायें नाचमा उपस्थित हुनका लागि सबैमा मन्दिर व्यवस्थापन समितीले आग्रह समेत गरेको छ । अर्घाखाँचीका जुकेना, रजिया, अर्घा लगायतका अन्य स्थानमा पनि आइतबार भव्य सरायें जात्रा निकालिने भएको छ । विगतका बर्षहरुमा जस्तै बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटीले पनि बुद्ध रंगशालामा पूर्णीमा कन्सर्ट गर्ने भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...