मनकारी वडा अध्यक्ष पौडेलले गरे अनाथ बालबालिकालाई नगद सहयोग ।।

वाणगंगा अनलाईन


कपिलवस्तुको नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदिप पौडेलले तौलिहवा बाल गृहका अनाथ बालबालिकालाई रु. २५ हजार रुपैया सहयोग गर्नु भएको हो । वडा अध्यक्ष पौडेलले वाल गृहलाई मात्र नभएर अन्य क्षेत्रमा पनि यसै गरी सहयोग पुर्याउदै आउनु भएको छ । उहाँले समाज सेवाका क्षेत्रमा सबैको मन जिते रै वडा अध्यक्ष भएका पौडेलले वडा वासीले जति काम गर्ला भन्ने सोचेर भोट दिएको हो । त्यस भन्दा पनि उदाहरणीय काम गरेको वडाका स्थानीय राम बेचन यादव बताउनु भयो ।
उहाँले समाज सेवाका क्षेत्रमा कपिलवस्तु नगरपालिकाको अन्य वडाको तुलनामा उदाहरणीय काम गर्दै आएका छन् । कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदीप पौडेलले अनाथ बालबालिकालाई नगद सहयोग गर्नु भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...