नेपाल र चीनबीच आज विभिन्न सम्झौताहरुमा हस्ताक्षर हुँदै

असोज २६,

दुई दिने राजकीय भ्रणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीबीच आज भेटवार्ता हुँदैछ ।

राष्ट्रपति सीसँग प्रधानमन्त्री ओली र सत्तारुढ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

सीसँग प्रधानमन्त्री ओलीले छुट्टै गर्ने भेटवार्तामा दुई सरकारको सम्बन्ध, सुरक्षा एवं आपसी चासोका विषमया गहन छलफल हुने बुझिएको छ भने नेकपा अध्यक्ष प्रचण्डले गर्ने छुट्टै भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीचको सम्बन्धका विषय खुलेर छलफल हुनेछ ।

नेकपाका सचिवालय सदस्यहरूले पनि संयुक्त रूपमा सीसँग भेटवार्ता गर्ने तय भएको छ ।

प्रचण्ड नेतृत्वमा हुने यो भेटवार्ता बिहान १०ः३० बजेका लागि तोकिएको हो । यो भेटमा दुई कम्युनिष्ट पार्टीका आफ्ना धारणा आदानप्रदान गर्ने नेकपा नेताले बताएका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...