भारतको दिल्लीमा रोजगारीका लागि गएका अर्घाखाँचीका एक युवा घर अनेक्रममा बिचबाटोबाटै सम्पर्कबिहिन भएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका स्थित ठाडा पुरानागाउँ घर भएका २५ वर्षिय युवक नारायण परियार फेब्रुअरी २५ अर्थात फाल्गुण १३ गते देखि हराएका हुन । एक महिना अघि नेपाल आई पुनः रोजगारीका लागि दिल्ली पुगेका परियार यस पटक घर आउन भनि आफ्ना भिनाजु हरि परियारको साथमा नेपाल आउँदै थिए । उनी बिच बाटोबाटै हराएको परिवारले बताएका छन् । उनी सँगै रहेका भिनाजु हरि परियारका अनुसार बिचबाटोमा गाडि रोकिराखेको अवस्थामा आफूलाई पनि जानकारी नगराई निस्किएका कारण उनी हराएका हुन । सम्पर्कबिहिन भएका नारायण सामान्य मानिसक रोगी समेत रहेका छन् । दिल्लिमै विगत ७ वर्ष देखि काम गर्दै आएका परियारका घरमा एक श्रमती सँगै पाँच वर्षिय छोरी समेत रहेकी छिन् ।
सामान्य मानसिक रोगी रहेका परियार पाँच फिट उचाई, गोरो वर्ण, पहेँलो ज्याकेट लगाएका, खुट्टामा जुत्ताचप्पल केही पनी नलगाएको अवस्थामा रहेको हुँदा फेलापर्ने जो कसैले पनि नजिकैको प्रहरी चौकीमा खबर गरिदीन परिवारले आग्रंह गरेका छन् ।
उनको अहिले भारत सहित नेपालका पनि विभिन्न ठाउँमा खोजी भईरहेको तर अहिले सम्म पत्ता लागेको छैन । जसका कारण परिवार अहिले चिन्तामा परेका छन् ।
Prev Post
तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
