बुटवल उपमहानगर र चिनको सियान सिटि बिच भगिनी सम्बन्धका लागि सम्झौता

बुटवल, २६ असोज

छिमेकी मित्रराष्ट्र चिनका राष्ट्रपति सि चिङ फिङ र प्रधानमन्त्री केपि शर्मा ओलीको उपस्थिति मा आज बुटवल उपमहानगरपालिका र चिनको सियान सिटीका बिच भगिनी सम्बन्ध स्थापित गर्ने हस्ताक्षर सहित सम्झौता पत्रमा आदान–प्रदान भएको छ ।

सियान सिटीका तर्फबाट नेपालका लागि चिनिया राजदुत हउ यान्छी र बुटवल उपमहानगरपालिकाका मेयर शिबराज सुबेदीले संझौता पत्र आदान–प्रदान गरेका हुन् । चिनिया राष्ट्रपति सि चिन फिङको नेपाल भ्रमणको अन्तिम दिन आज दुइ देस बिच बिभिन्न क्षेत्रमा सझौता हुने क्रममा दुइ देसका यि दुइ शहर बिच भगिनी सम्बन्ध स्थापित गर्ने संझौता भएका हुन ।

सियान सिटी चिनिया कम्युनिष्ट पार्टीका महासचिब समेत रहेका राष्ट्रपति सि को गृहनगर र बुटवल नगर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिब विष्णुप्रसाद पौडेलको गृहनगर हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...