कपिलवस्तुको वाणगंगा नगपालिका ८ चप्परगाउँ सनराजईज पेट्रोल पम्प अगाडि महेन्द्र राजमार्गमा भएको सवारी दुर्घनामा परि वाणगंगा ८ ढाडेकोलका राजु थारु मृत्यु भएको छ । चालक थारु पश्चिबाट पुर्व तर्फ जादै गर्दा लु ४२ प ९३२८ नम्बरको मोटर साईकलले सोही दिशा तर्फ जादै गरेको लु ६ प ९६९ नम्बरको मोटर साईकललाई र विरित दिशाबाट आउदै गरेको वा १४ च ५७ ५१ नम्बरको कारमा ठक्रक दिएका थियो ।
लु ४२ प ९३२८ को नम्बरको मोटर साईकलको अत्याधिक गतिका कारण मोटर साईकल अनियन्त्रीत भई दुर्घटना भएको प्रत्यक्ष दर्शीले बताएका छन् । मृतक थारु लाई कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात बुटवल स्थीत प्रादेशिक अस्पतालमा रिफएको थियो थारुलाई टाउकोमा गहिरो चोट पटक लागेको कारण थारुको मृत्यु भएको अस्पतालले मृत घोषणा गरेको छ ।
भने कार चालक कारमा सवार र लु ६ प ९६९ नम्बरको मोटर साईकल चालक वागंगा ६ का अमरनाथ खनालको कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात घर फर्कीएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक आयुस प्रसाद जोसीले वाणगंगा अनलाईलाई जानकारी दिनु भयो ।