Archives


प्राकृतिक प्रकोप न्यूनिकरण दिवसमा अन्र्तक्रिया

कपिलबस्तु, असोज २६

कपिलवस्तु जिल्लामा प्राकृतिक प्रकोप न्यूनिकरण दिवसमा अन्र्तक्रिया कार्यक्रम गरिएकोे छ । प्राकृतिक प्रकोपवाट हुने क्षति कम गराउने उद्धेश्यका साथ हरेक बर्ष अक्टोवर १३ मा यो दिवस मनाइने गरिन्छ । नेपालमा प्राकृतिक प्रकोपका कारण बर्षेनी धेरै मानिसको मृत्यु हुने गरेको छ भने ठूलो मात्रामा भौतिक क्षति हुने गरेको छ ।

जिल्लामा डुबान, आगलागि, बाढी र नदी काटन मुख्य चुनौती रहेको सरोकारवालाहरुले बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति कपिलबस्तुले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सो कुरा बताइएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समिति कपिलबस्तुका अध्यक्ष गजेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पनन भएको थियो । कार्यक्रममा स्थाानिय निकायका प्रमुख, उप प्रमुख, राजनितिक दल, पत्रकार, सरकारी कार्यालयका प्रमुख र प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...