प्रादेशिक आयुर्वेद चिकित्सालयमा आगलागी

असोज २६, दाङ

तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्म कोठा अर्थात (बिरामीलाई सेक्ने कोठा) मा आगलागी भएको छ । ग्यास सिलिण्डरमा आगलागी हुँदा कोठामा आगो सल्किएपछि एक लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । कोठामा रहेको दुई ओटा दराजमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शनिबार राति भएको आगलागी दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...