Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

कपिलधाममा बन्ने भयो आकर्षक लायन्स पार्क

वाणगंगा अनलाईन, कपिलवस्तु, असोज २६

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कपिल आरोग्य मन्दिर कपिलधाम परिसरमा लायन्स क्लव अफ कपिलवस्तुले आधुनिक तथा आकर्षक लायन्स पार्क निर्माण गर्ने भएको छ । जिल्लाकै धार्मिक पर्यटकिय स्थलको रुपमा विकास हुदै गएको सो धाममा पछिल्लो समय आन्तरिक पर्यटकहरुको संख्यामा पनि बृद्धि भएको छ भने धामको सुन्दरिकरण पनि गरिएको छ । विभिन्न किसिमका धार्मिक मठ तथा विभिन्न प्रजातिका जडिबुटिहरुको आकर्षण सँगै आन्तरिक पर्यटकको गन्तव्यको रुपमा रहेको कपिलधाममा आधुनिक लायन्स पार्क निर्माण गरिने क्लवले जनाएको छ । यस क्षेत्रको पर्यटकीय तथा ऐतिहासिक महत्वलाई उजागर गरि पर्यटन सम्भावनाहरुको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने पार्क निमाण गर्न लागिएको कल्वका अध्यक्ष कुमार खड्काले जानकारी दिएका छन् । करिव डेढ लाखको लागतमा निर्माण गरिने लायन्स पार्कका लागि आज सरसफाई तथा नक्साकंन कार्य सम्पन्न भएको क्लवका संरक्षक अध्यक्ष कृष्ण केसीले बताए । उनले तिहार अघिनै पार्क निमाएणको कार्य सम्पन्न हुने अपेक्षा लिएको बताए । पार्क निर्माण हुने भएपछि सरोकारवाला तथा स्थानीयवासी हर्षित भएका छन् । सरसफाई तथा नक्सांकन कार्यक्रमा क्लवका अध्यक्ष कुमार कुमार खड्का, संरक्षक अध्यक्ष कृष्ण केसी, सचिव राम ब पौडेल क्षेत्री, तृतीय उपाध्यक्ष केशव सापकोटा, कोषाध्यक्ष राम सुवागे थारु लगायत क्लवका सम्पुर्ण पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...