कपिलवस्तु सामुदायिक अस्पतालमा आखाँ उपचार र प्रसुति सेवा संचालनको तयारी

वाणगंगा अनलाईन, असोज २६ कपिलवस्तु

कपिलवस्तु जिल्लाको एक मात्र सामुदायिक अस्पतालको रुपमा रहेको कपिलवस्तु सामुदायिक अस्पताल जितपुरमा स्तरबृद्धि थालिएको छ । सामान्य परिवारको नागरिकले पनि सहज स्वस्थ्य सेवा पाउने सो अस्पातालमा संचलन गर्न लागिएको स्वास्थ्य सेवाले धेरैलाई सहजता प्रदान गर्ने अस्पताल विकास समितिले अपेक्षा लिएको छ ।

रकम अभावमा उपचार सेवाबाट बञ्चित बनेका नागरिकहरुले पनि सामान्य दस्तुरमा सहज सेवा पाउँदै आएको सो अस्पतालले पछिल्लो समय सुविधा सम्पन्न प्रविधिहरु सँगै स्वास्थ्य उपचार सेवा प्रदान सुरु गर्दै छ । असोज २९ गते देखि नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्ज सेन्टर श्री रणअम्बिका शाह आखाँ अस्पताल भैरहवा कपिलवस्तुको उपकरण तथा प्राविधिक सहयोगमा आखाँको उपचार सेवा सुरु गरिदैँ छ ।

आखाँ सम्बन्धि प्राथामिक उपचार अब सामुदायिक अस्पताल जितपुरबाटै हुने भएकाले जिल्ला बाहिर जानुपर्ने बाध्यता समाप्त भएको अस्पतालका व्यवस्थापक प्रविन पौडेलले बताउनुहुन्छ ।
नेपाल सरकारद्धारा संचालित स्वास्थ्य विमा कार्यक्रम पनि संचालनको अन्तिम चरणमा पुगेको बताइएको छ । त्यस्तै कपिलवस्तु सामुदायिक अस्पताल विकास समितिले प्रसुति सेवा संचालन आफ्नै भवनबाट सुरु गर्ने तयारी पनि थालेको छ ।

जसका लागि भवन निर्माण कार्य सम्पन्न भईसकेको छ भने प्रसुति सेवाको औपचारिक सुरुवात हुन मात्रै बाकिँ रहेको छ । वि. स. २०७० साल बाट संचालनमा आएको सो सामुदायिक अस्पतालमा स्थापना कालदेखि १५ शैयाको उपचार सेवा प्रदान गर्दै आएको छ । अबको केहि समयमै ५० शैयामा पुर्याउने लक्ष्यका साथ अगाडि बढेको अस्पताल विकास समितिका अध्यक्ष रामजी सेनले बताउनुभयो ।

हाल सामुदायिक अवस्पताल जितपुरमा २४ सै घण्टा इमरजेन्सि सेवा, अध्याधुनिक ल्याव सेवा, भिडियो एक्स रे , सुविधा सम्पन्न ओपिडि सेवा लगाएतका सेवा प्रदान गर्दै आएको छ भने आगामी दिनमा हाल रहेका सेवामा बृद्धि गरी जिल्लाकै उत्कृष्ठ अस्पतालको रुपमा संचालनको तयारी थालिएको अध्यक्ष सेनले जानकारी गराउनुभयो ।


हाल अस्पातालमा दुई जना मेडिकल अफिसर, तीन जना प्यारामेडिक्स सहित हाप्ताको दुई वटा शनिवार महिला तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक र महिनाको दईवटा शनिवार हाड जोर्नी तथा नसा रोग विशेषज्ञ चिकित्सकहरुबाट उपचार सेवा प्रदान गर्दै आएको छ । विशेषज्ञ चिकित्सकहरुबाट उपचार सेवालाई अझै थप गर्ने योजना बनाईएको छ ।
हाल सुविधा सम्पन्न भौतिक संरचनाका साथै आधुनिक प्रविधिहरुको प्रयोगबाट थप नयाँ उपचार सेवा पनि थप हुने भए सँगै भने कपिलवस्तु जिल्ला सँगै छिमेकि जिल्लाहरु अर्घाखाँची, दाङ, प्युठान, पश्चिम रुपन्देही र पाल्पा लगाएतका जिल्लाहरुबाट पनि बिरामीहरुले सहज सेवा लिन सक्ने अस्पताल विकास समितिले जनाएको छ । अब प्रसुति गराउनकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने अस्पातालका चिकित्सक दिपेन चन्दले बताउनुभयो ।
हाल अस्पतालमा दैनिक ८० देखि ९० विरामीहरुले उपचार सेवा लिईरहेका छन भने अबको नयाँ सेवा संचालनमा आए सँगै बढि भन्दा बढि सहज सेवा प्रदान गरीने अस्पातल विकास समितिले जानकारी दिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...