जीप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते

, अशोज २७, 

सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–८, डुम्रेमा जीप र मोटरसाइकल आपसमा ठोक्किदा एक जना युवक गम्भीर घाइते भएका छन ।

तानसेनबाट बुटवल आउंदै गरेको लु १ च २११३ नम्बरको पीकअप जीप र विपरीत दिशाबाट आइरहेको लु २१ प ६२१७ नम्बरको मोटरसाइकल आइतबार दिउँसो डुम्रेमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक तानसेन–८, मदनपोखरा छाँप बस्ने १८ वर्षका आषिस खाँड गम्भीर घाइते भएका छन् । घाइते खाँडको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...