दुई युवाबीच बिवाद हुँदा एक युवा गम्भीर घाइते

 असोज २७ 

दाङमा दुई युवाबीच बिवाद हुँदा एक युवा गम्भीर घाइते भएका छन् । जिल्लाको शान्तिनगर गाउँपालिकामा गएराति दुई युवाबीच बिवाद हुँदा खुकुरी प्रहार बाट प्रकाश थापा घाइते भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार खुकुरी प्रहारबाट शान्तिनगर गाउँपालिका वडा नं। ५ पहाडीपुर निवासी ३० बर्षीय थापा घाइते हुनुभएको छ।

सामान्य विवाद हुुदा स्थानीय २२ बर्षीय निम बहादुर वलीले थापामाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । थापाको टाउको र बाँया कानमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताउनुभयो ।

थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप पचारका लागि कोहलपुर रेफर गरिएको छ । साथै प्रहरीले खुकुरी प्रहार गर्ने वलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...