दाङमा बन अरिङ्गालले टोकेर एक ब्यक्तिको मृत्यु भएको छ । जल्लाको राप्ती गाउँपालिका वडा नं ९ जाबुने बस्ने ४० वर्षिय घनस्याम बरालको अरिङ्गालले टोक्दा मृत्यु भएको हो ।
उहाँको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको राप्ती गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष रिम बहादुर सुनारीले जानकारी दिनुभयो ।
बनमा घाँस काट्ने क्रममा अरिङ्गालको गोलो भत्कीय पछि उहाँलाई अरिङ्गालले टोकेको थियो ।मृतक घनस्याम बराल साधारण कृषक रहेको र उहाँका बृद्ध आमा, विरामी श्रीमति र तीन छोरी एक छोरा रहेको वडा नं ९ का वडा सचिव शेर बहादुर हमालले बताउनुभयो।