कपिलवस्तुको वाणगंगा नगरपालिकामा कार्यरत प्रमूख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनीको सरुवा भएको छ । वाणगंगा नगरपालिकामा विगत केहि वर्ष देखि प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत रहनुभएका मरासिनीको सरुवा भए सँगै सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ ।
वाणगंगा नगरपालिकाको कार्यालय प्राङ्गणमा अयोजना गरिएको एक कार्यक्रमका बिच उहाँको विदाई गरिएको हो । मरासिनी वाणगंगा नगरपालिकामा वि.सं. २०७३ चैत्र ९ गते देखि कार्यरत रहनुभएको थियो । उहाँको रुपन्देहीको शिद्धार्थ नगरपालिकामा सरुवा भएको नगर प्रवक्ता विष्णु पौडेलले जनाकारी दिनुभएको छ ।
यता वाणगंगा नगरपालिकामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट कृष्ण प्रसाद सापकोटा प्रमुख प्रशासकिय अधिकृतको रुपमा सरुवा भई आउनुभएको छ । उहाँको पनि आज नै सोहि कार्यक्रम मार्फत स्वागत गरिएको नगर प्रवक्ता पौडेलले जानकारी दिनुभयो । मरासिनीको विदाई तथा सापकोटाको स्वागत कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल सहित कर्यपालिका सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै मा भएको कार्यक्रममा उहाँलाई फूलमाला, अविर र खादा लगाई विदाई गरिएको थियो । मरासिनीको विदाई समारोहमा यस क्षेत्रका प्रबुद्ध व्यक्तिहरु सहभागी थिए । विदाई समारोहमा बोल्ने वक्ताहरुले मरासिनीले नगरमा खेल्नुभएको भूमिकाको प्रशंसा गरेका थिए ।