सन्धिखर्कमा एवाईसी भलिवल सुरु पत्रकार पौडेल सम्मानित ।।

वाणगंगा अलाईन अर्घाखाची

अर्घाखाँचीको सन्धिखर्कमा आज देखि सर्वा्धिक पुरस्कार राशीको एवाईसी अन्तर पालिका स्तरीय रनिङ्गशिल्ड भलिवल प्रतियोगीता सुरु भएको छ ।


‘युवाहरुको एकता समाज सुधारमा अग्रसरता’ भन्ने नाराका साथ चुत्रावेसीमा स्थापित अर्घाखाँची युवा परिषद्को आयोजनामा आयोजना भएको भलिवल प्रतियोगीतामा जिल्लाका ६ वटा स्थानीय तहहरुको सहभागिता रहेको छ ।
भलिवल प्रतियोगीताको जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा भुसालले उद्घाटन गर्दै खेलकुदले नै राष्ट्रलाइ विश्वमा चिनाउने भएकाले खेलकुदको विकासमा सबै लाग्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले खेलकुद स्वास्थ्यका लागी राम्रो हुने बताए ।
भलिवल प्रतियोगीतामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगदका साथ आकर्षक शिल्ड, मेडल र प्रमाण प्रदान गरिने परिषद्का महासचिव प्रकाश भुसालले बताए । रनिङ्गशिल्ड जित्ने टिमलाई नगद एक लाखको साथमा शिल्ड पनि प्रदान गरिने छ ।
एवाईसी अन्तर पालिकास्तरीय भलिवल प्रतियोगीताको यो तेस्रो संस्करण हो । गत बर्ष शितगंगा नगरपालिकाले उपाधी जितेको अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए
कार्यक्रममा अर्घाखाचीका पत्रकार घनश्याम पौडेल सहित ६ जना सम्मानित युवा परिषद तथा जिल्लाको खेलकुद क्षेत्रमा पत्रकारिताको माध्यमबाट उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार घनश्याम पौडेललाई सम्मानित गरिएको हो ।
खेलकुदलाइ पत्रकारिताको क्षेत्रबाट प्रचार प्रसार गरेको भन्दै कदर पत्र र दोसल्लाले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा र अर्घाखाँची युवा परिषदका अध्यक्ष काजी श्रेष्ठले सम्मानित गरेका हुन ।
कार्यक्रममा खेलकुद, सामाजिक, सांस्कृतिक क्षेत्रबाट कमल विष्ट, क्रिकेट क्षेत्रबाट ऋषिकेश भट्टराई, व्यवसायीको तर्फबाट सन्तोष नेपाली, भलिवल खेलाडी केशरबहादुर केसीलाई पनि सम्मानित गरिएको हो । छत्रदेव गाउँपालिका र सितगंगा नगरपालिका बिचमा भएको पहिलो खेलमा सोझो सेटमै सितगंगा नगरपालिका विजयी भयो । भुमिकास्थान र सन्धिखर्क नगरपालिका विचँमा भएको खेलमा पनि सोझो सेटमै सन्धिखर्क नगरपालिकाले खेल हात पारेको छ । भोलि बिहान ७ बजे पहिलो खेल पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिका बिचँ हुनेछ । खेल पर्सी सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन समारोह अध्यक्ष काजी श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष केसव घिमिरेको स्वागत र महासचिव प्रकास भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...