मुख्यमन्त्री पोखरेल चीनको सिल्करोड सम्मेलनमा

वाणगंगा अनलाईन, २७ असोज बुटवल,

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल चीनको सिल्करोड अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आज चीनको छेन्दु प्रस्थान गरेका छन् ।
भ्रमण टोलीमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य,मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिव तोयनारायण ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य विष्णु गौतम,मुख्यमन्त्रीका स्वकिय सचिव सरोज रेग्मी सहभागि छन् ।
मुख्यमन्त्री पोखरेल सहितको टोली कात्तिक १ गते फर्कने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सेरबहादुर केसीले जानकारी दिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...