Archives


नमूना सामुदायिक बनको १०औं वार्षिक साधारण सभा सम्पन्न

वाणगंगा अनलाईन, कपिलवस्तु,असोज २८

रुख रोपौं, वन जोगाऔं भन्ने नाराकासाथ बाणगंगा ९ मा अवस्थित नमूना सामुदायिक वन चौवाह टोलको १०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभामा समूहका सचिव दुर्गा न्यौपानेले समूहको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष खेलराज पौडेलले आर्थिक वर्ष २०७५÷०७६को कुल २१ लाख ९५ हजार बराबरको आय—व्यय सार्वजनकीकरण गर्नु भएको थियो ।साथै समूहका अध्यक्ष हुमलाल पौडेलले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि नमूना सामुदायिक वनको निति तथा कार्यक्रम प्रस्तुत गर्दै ८३ लाख २९ हजार बराबरको अनुमानित आय—व्यय प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा समितिले ८० वसन्त पार गरेका ११जना जेष्ठ नागरीक, अपाङ्ग ६जना ,उत्कष्ट कृषि फर्ममा कपिलगंगा च्याऊ फर्मका व्यवशायी  गोपाल वस्नेत,पशुपालनमा उत्कृष्ट ओम पशु फर्मका रमेश आचार्य,कशिका पशु फर्मका रमेश वस्नेतलाई  कार्यक्रमका प्रमुख अतिथी,बिशिष्ट अतिथीबाट नगदबाट सम्मानित गरीएको थियो । साधारण सभाको सफलताको शुभ कामना दिनेमा  अमृते सामुदायिक वनका अध्यक्ष गोपाल गिरी,कोइलीचौर सामुदायिक वनका अध्यक्ष हरिराज घिमिरे,कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य,सञ्चारकर्मी बाबुराम रायमाझी,सब डिभिजन कार्यालय गोरुसिंगेका सहायक बन अधिकृत तथा कार्यक्रमका विशिष्ट अतिथि  यम प्रसाद गैरे, वडा न.९वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी धुर्व वेल्वासेले बैज्ञानिक वनलाई व्यवस्थित गर्दै लैजानुपर्नुका साथै बनको दिगो बिकासको लागि वनको संरुक्षण सम्वद्र्धन गर्दै लैजानु पर्ने कुरामा वोल्ने सवै बक्ताले बोलेका थिए । कार्यक्रम समूह अध्यक्ष हुमलाल पौडेलको अध्यक्षता तथा वडा न.९वडाध्यक्ष धुर्व वेल्वासेको प्रमुख आतिथ्यता समूहकी सदस्य गीता सुनारको स्वागत र केशव पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । यस सामुदायिक वनमा ३ शय ९६ वन उपभोक्ता रहेको र सामुदायिक वन २ शय २८ दशमलव ३३ हेक्टर क्षेत्रफलमा रहेको छ ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...