एसियाकै ठूलो शालीग्राम संरक्षणको अभावमा जीर्ण बन्दै

असोज २८,

तीन जिल्लाको संगम स्थलमा रहेको एसियाकै ठूलो शिला शालीग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। गुल्मी, स्याङजा र पर्वतको संगम स्थलमा रहेको शालीग्रामलाई कालीगण्डकी नदीको कटानले जीर्ण बन्दै गएको हो। भगवान विष्णुको अवतारको रुपमा रहेको शालीग्रामलाई नदीले कटान गर्दै लगेको र संरक्षणमा तीनै जिल्लाका स्थानीय सरकारहरुले केही चासो नदेखाएको स्थानीय केशवराज न्यौपाने बताउँछन्। यता, स्याङजाको गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले भने शालीग्राको संरक्षणमा कसैको चासो नगएको भन्नेमा सत्यता नभएको बताउँछन्। गुल्मीको कालीगण्डकी गाउँपालिकाका प्रमुख वेद थापा मगरले शालीग्रामको संरक्षणका निम्ति र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पालिकाले योजना बनाएको बताउँछन्। चालु आर्थिक वर्षमा कार्य गर्ने गरी नगरपालिकाले बजेटको व्यवस्था गरेको अधिकारी बताउँछन्। उनले पर्यटकीय रुपमा रहेको शालीग्रामको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताए। शिलासम्म जानका लागि सडक निर्माण, प्रचारप्रसार र धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न संरक्षण समिति निर्माण गरी काम अघि बढाउने उनको भनाइ छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...