Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

कपिलवस्तुमा यात्रुबाहक बस र टाटासुमो ठोकिदा एक जना गम्भिर घाइते

सोमबार राती भएको यात्रुबाहक बस र टाटासुमो दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । घाइतेको अहिले भैरहवा मेडिकल कलेजको आईसियु कक्षमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घाइते हुनेमा टाटासुमो चालक वाणगंगा ८ का ३५ बर्षीय श्याम भट्टराई रहनुभएको छ । सामान्य घाइते हुनेमा टाटासुमो चालकका १० बर्षीय छोरा सुलभ भट्टराई र ७ बर्षीय छोरा सिद्धि भट्टराई रहनुभएको छ ।

छिमेकी श्रीधर जिसी पनि सामान्य घाइते हुनुभएको छ । प्युठानबाट काठमाडौंका लागि छुटेको ना ७ ख २६२ नं. को नमस्ते यातायातको बस र पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु २ त ६९७९ नं. को टाटासुमो ठोक्किएको प्रहरीले जनाएको छ ।

गएराती पौने ९ बजेको समयमा दुई गाडी एकआपसमा ठोक्किएका हुन् । दुर्घटनाबाट अन्य तीन जना सामान्य घाइतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । बसले ओभरटेक गर्दा टाटासुमोसंग ठोक्किएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...