Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु, एकजना घाइते

असोज २८

 

गैंडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन्। आइतबार खुला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैंडाको आक्रमणबाट मृत्यु भएको हो।

उहाँको शव सोही सामुदायिक वनमा आइतबार साँझ नै स्थानीयवासीले फेला पारेका थिए। स्थानीयवासी वनभित्र दाउरा र खर काट्न गएका बखत आक्रमणमा परी तामाङको मृत्यु भएको सामुदायिक वनका पूर्वअध्यक्ष बलिराम महतोले बताउनुभयो।

कावासोती–१३ कै ३३ वर्षीय बुद्धिमाया गुरुङलाई पनि गैंडाले आक्रमण गरेको थियो। आक्रमणमा परी घाइते हुनुभएकी उहाँकोे भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो।

सामुदायिक वनमा वैन पैदावार निकासी खुलाउँदा विशेष सावधानी अपनाउनुपर्नेमा त्यसो नगर्दा दुर्घटना भएको पूर्वअध्यक्ष महतोले बताउनुहुन्छ। सीमित क्षेत्रमा सुरक्षाको प्रबन्ध गरी वन पैदावर निकाल्न अनुमति दिँदा यस्ता किसिमका दुर्घटना हुनबाट जोगिन सकिने उहाँको भनाइ छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...