गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

अशोज २८

गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेका छन् । पाँच महिला र २० पुरुष गरी २५ को क्षमता रहेकामा अहिले ८३ जना कारागारमा छन् । सोमबारसम्म कारागारमा पुरुष कैदी ५० र बन्दी २८, महिला कैदी तीन र बन्दी एकजना छन् । कारागारका सूचना अधिकारी प्रभात मल्लिकका अनुसार एकजना आश्रित बालिकासमेत रहेकी छिन् । कारागारको क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा निकै चुनौती थपिएको छ ।

कारागारका ८३ जनामध्ये सबैभन्दा धेरै बलात्कार मुद्दाका २४ कैदी र १७ बन्दी पुरुष कारागारमा छन् । त्यसपछि कर्तव्य ज्यान मुद्दाका १५ कैदी, एक बन्दी र तीन महिला कैदी रहेको सूचना अधिकारी मल्लिकले जानकारी दिए । बिहान आधारएक घन्टा लगाएर शौचालय र रातमा एक प्रहर सुतेर उठ्नुपर्ने बाध्यता छ ।

 

गुल्मी कारागारमा कर्मचारी अभाव देखिएको छ । कारागारको दरबन्दी १० जनाको हो । अहिले दुईजना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । त्यसमध्ये पनि एकजनाको सरुवा भएको छ ।

कारागारमा एक कार्यालय प्रमुख, एक सुब्बा, एक खरिदार, एक सह–लेखापाल, एक अहेव, एक कम्प्युटर अपरेटर तथा चार कार्यालय सहयोगीको दरबन्दी छ । तर, अहिले कार्यालय प्रमुख र कम्प्युटर अपरेटर मात्र कारागारमा रहेको कम्प्युटर अपरेटर तथा सूचना अधिकारी प्रभात मल्लिकले बताए । चारजना करारका कार्यालय सहयोगी रहेका छन्

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...