सियान शहरका विशेष अधिकारी बुटवलको अवलोकन भ्रमणमा

अशोज २८,

बुटवलसँग भगिनी सम्बन्ध कायम भएको मित्रराष्ट्र चीनको प्रमुख शहर सिआन सिटीका विशेष अधिकारीको टोलीले सहकार्यलाई उन्नतस्तरमा पुर्याउने प्रतिबद्धता जनाएको छ ।

सिआन नगर सरकारका विदेश विभाग प्रमुख छ्याङ सङ्घको नेतृत्वका त्यहाँको रेल्वे विश्वविद्यालय, सिआन विश्वविद्यालय, नगरको जनसरकार, संस्कृति तथा पर्यटकीय सरकारी कम्पनीका अधिकारीको विशेष टोली हिज बुटवल आएको हो ।

रेल, संस्कृति एवम पर्यटनका बारेमा जानकार विशेषज्ञ तथा इञ्जिनीयरसहित छ जनाको विशेष टोलीलाई बुटवल उपमहानगरपालिकाले स्वागत गरेको थियो ।

टोलीलाई उपमहानगरपालिकामा स्वागत गर्दै प्रमुख शिवराज सुवेदीले बुद्धबलीको बुटवलको समग्र विकासका लागि आफूहरुले आवधिक र दीर्घकालीन महत्वका योजना बनाएको उल्लेख गरे ।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको गृहनगरसँग बुटवलको भगिनी सम्बन्ध कायम गर्न पाउँदा समस्त बुटवलवासी नै उत्साहित भएको भन्दै सम्बन्धलाई समृद्धिको सारथीका रुपमा लिइने र बुटवल–सिआनको सांस्कृतिक आदानप्रदान हुने बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...