नगरका रुपमा विकास गर्नका लागि सबै नगरवासीको दायित्व हुने

असोज २८

 

तुलसीपुर उपमहानगरलाई हरित नगरका रुपमा विकास गर्नका लागि सबै नगरवासीको दायित्व हुने वताइएको छ । सबै नागरिकमा मेरो नगर सफा राख्नु मेरो दायित्व हो भन्ने भावनाको विकास नहुँदासम्म सरसफाई अभियानको सार्थकता नहुने उनीहरुको भनाई थियो ।
उपमहानगरपालिकाले सञ्चालन गरेको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर अभियानको १ सय ६४ औ अभियानका क्रममा उक्त कुरा वताइएको हो । अभियानले शिवनगर टोलविकास संस्थामा सरसफाई गरेको थियो ।

नगरलाई सफा र हराभरा नगरका रुपमा विकास गर्नका लागि थालिएको अभियानका क्रममा विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो । सरसफाई अभियानलाई सम्वोधन गर्दै वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले टोलटोलका जनतालाई सरसफाईमा सहभागि वनाउन सके नगर सफा र हराभरा हुने बताउनुभएको थियो ।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसनले समन्वय गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, एसोसियनका अध्यक्ष हरिलाल पौडेल, शिक्षा समिति संयोजक देवराज विश्वकर्मा, उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजँग शाह, टोल विकास संस्थाको अध्यक्ष किशोर अर्याल लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण सूचना अधिकारी झरेन्द्र खरेलले गर्नुभएको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...