बुद्धभुमिमा बस्यो सर्बदलिय बैठक ।। यस्ता छन निर्णय

बैशाख २६ कपिलवस्तु

कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा आज बसेको सर्बदलिय बैठक नगरपालिकामा तरकारी संकलन तथा बिक्री बितरण , क्वरेनटाईन व्यवस्थापन , क्वारेनटाईनमा रहेकाहरुको पि.सि.आर . टेस्ट लगाएतको विषयमा छलफल गरेको छ ।
नगरपालिकामा तरकारी संकलन केन्द्र तथा सहकारी संस्थामार्फत बिक्री वितरण गर्ने र कृषक आफैले उत्पादन गरेको तरकारी आफनो वडामा मात्र बिक्री गर्न पाउने निर्णय गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।

त्यस्तै छिमेकी मुलक भारतको विभिन्न शहरहरुबाट फर्केका नेपालीहरुलाई गृहमन्त्रालयको निर्देशन अनुसार औपचारिक रुपमा ल्याउने तथा लुकीछुपी आफना घरमा फर्केकाहरुलाई क्वारेनटाईनमा व्यवस्थापन गर्ने पनि जनाइएको छ । क्वारेनटाईनमा बस्दा उपलब्ध हुने कुनै पनि चिजको अभाव हुन नदिइने मेयर श्रेष्ठले बताउनुभयो ।

त्यसै गरी २ सय बेडको क्वारेनटीईनको व्यवस्थापनका गर्ने र आवश्यकयक्ता परे बुद्धभुमि क्याम्पसलाई क्वारेनटाईनको रुपमा प्रयोग गर्ने सकिने पनि जनाइएको छ ।
पि.सि.आर. को अभावले क्वारेनटाईनमा रहेका धेरैको स्वाव परिक्षण हुन नसकेको र भोलि प्रदेश सरकारबाट १२० थान पि.सि.आर. चेक किट उपलब्ध हुने नगरपालिकाले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...