बुटवल उपमहानगरको सक्रियता डेंगुविरुद्ध अभियानमा

बैशाख २७, बुटवल

बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै अब डेंगु रोगविरुद्ध पनि अभियान सुरु भएको छ। बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई डेंगु रोगको महामारीविरुद्ध सावधानी र पूर्वतयारीमा केन्द्रित हुन निर्देशन दिएको छ।

कोराना महामारीसंगै डेंगुको महामारीको जोखिमसमेत बढेको भन्दै समुदायस्तरमा सुरक्षित तरिकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको हो। महामारीका बेलामा टोलटोलमा गरिएका राहत वितरण र सचेतनाका अभियानमा खटिएकाहरुलाई नै अब डेंगुबारे पनि सचेत गराउने बताइएको छ।

उपमहानगरले स्थानीय विपद् व्यवस्थापन समिति र त्यसमातहत समुदायस्तरका संयन्त्रलाई महामारीबाट जोगिने उपाय अबलम्बन गर्दै डेंगुविरुद्ध अभियानमा सामेल गराउने तयारी भएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...