Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

जेष्ठ पाँच गते सम्मका लागि कपिलवस्तु जिल्ला पूर्ण रुपमा शिल गरियो

बैशाख २९ कपिलवस्तु

आज लकडाउनको ४९ औँ दिन । गत चैत्र ११ गते देखि सुरु भएको लकडाउका बिच सुरुका दिनमा सामान्य अवस्था देखिएको कपिलवस्तु जिल्लामा अहिले लकडाउनको पछिल्लो दुई सातामा कारोना संक्रमितको संख्या अपत्यारिलो किसिमले देखिएको छ । जिल्लाका सबै संयन्त्रलाई सुरक्षार्थ परिचालन गरिएको भनिए पनि भारतका विभिन्न स्थानबाट फर्किएका नेपालीहरुबाटै कपिलवस्तुमा कोरोनाको भयावह स्थिति पैदा भएको छ । आज एकैपटक १० जनामा संक्रमण पुष्टि भए सँगै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जेष्ठ पाँच गते सम्मका लागि पूर्ण जिल्ला नै शिल गर्ने निर्णय गरेको छ । आज साँझ देखि जेष्ठ ५ गते राति १२ बजे सम्मका लागि जिल्लामा अत्यावस्यक सेवा बाहेक अन्य सबै सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । राजमार्गमा गुड्ने सवारी साधन समेत कपिलवस्तुमा रोकिन नपाउने गरी जिल्ला शिल गरीएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज जारी गरेको सूचनामा उल्लेख गरीएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...