Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

प्रदेश ५ का स्थानीय तहहरु स्थानीय जलचर ऐन कार्यान्वयन गर्दै 

असोज २९

दाङका स्थानीय तहहरुले स्थानीय जलचर ऐन कार्यान्वयन गर्न सुरु गरेका छन् । जिल्लाका राप्ती, राजपुुर र गढवा गाउँपालिकाले जलचर ऐन कार्यान्वयन सुरु गरेका हुन् ।

जिल्लाको देउखुरी क्षेत्रमा रहेका गाउँपालिकाहरुले राप्ती नदी तथा स्थानीय खहरे खोला एवं जलाशय ताल तलैयाहरुमा जलीय जैविक विविधताको संरक्षण सम्वद्र्धन र उपयोगका लागि जलचर ऐन निर्माण गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको बताएका छन् ।

स्थानीय जलचर ऐन कार्यान्वयनमा आएसँगै राप्ती नदीमा बम हानेर, बिष हालेर तथा करेण्ट लगाएर माछा मार्ने प्रक्रियालाई न्यूनीकरण गर्न सफल भएको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका कार्यक्रम संयोजक प्रदिप मजगैयाले जानकारी दिनुभयो ।

 

प्रदेश ५ सरकारले स्थानीय जलचर ऐन निर्माण गरेर कार्यान्वयनको प्रक्रियामा लगेसँगै ऐनमा टेकेर कार्यक्रम सञ्चालन गरिरहेको भन्दै मजगैयाले दाङमा पानी परियोजनाका लागि वातावरण पत्रकार संघ र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले कार्यक्रम अगाडि बढाएको जानकारी दिनुभयो ।

 

स्थानीय सरकारहरु जलचर ऐन कार्यान्वयनको चरणमा अगाडि बढिसकेको भन्दै मजगैयाले राप्ती नदीमा बम तथा करेण्ट र बिष हालेर माछा मार्ने प्रक्रियाको अन्त्यसँगै जलिय जैविक विविधताको संरक्षणमा ठूलो टेवा मिलेको जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...