कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले केही समय अगाडी आफ्नो फेसबुकमा मुस्लिम गल्र्स कलेज स्थापनाको फोटो राख्नु भएको थियो ।
मुस्लिम गल्र्स कलेजको फोटो देखेर साउदी अरबियाबाट आमाले १ हजार र छोरीले ५ सय अरवियन रियाल अर्थात ४४ हजार ६ सय ३० रुपियाँ नेपाली सहयोग गर्नु भएको होे ।
उहाँको उदमहरण्ीय कार्यबाट प्रभाबित भई साउदी अरवियाबाट एक आमाछोरीले आर्थिक सहयोग गरेका छन् । सहयोग स्वरुप आएको रुपियाँ सोमवार थापाले आफै मुस्लिम गल्र्स कलेजकामा पुगी शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति विच कलेजलाई हस्तान्तरण गरेका छन् । मुस्लिम गल्र्स कलेजलाई आफु पनि सक्दो सहयोग गरिरहने बताउनु भयो ।
गाउँपालिका अध्यक्ष थापाले मुस्लिम समुदायका छोरीहरुलाई पनि शिक्षाको मूल धारमा ल्याउनका लागि मदरसा जामिया रजबिया लिलबनात मुस्लिम गल्र्स कलेजको स्थापना गर्न विशेष कदम चालेका थिए । उक्त मुस्लिम गल्र्स कलेज गाउँपालिकाको वडा नं। ४ डगडौवामा स्थापना गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नफिस खाँले खुसी हुँदै जामिया रजबिया लिलबनात मुस्लिम गल्र्स कलेजलाई सहयोग गरेको भन्दै गाउँपालिकाका अध्यक्ष थापा र आमाछोरीलाई धन्यवाद व्यक्त गरे ।