Archives

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

सिनर्जी बचत तथा ऋण सहकारीको १२ औँ वार्षिक साधारण सभा सम्पन्न ।।

वाणगंगा अनलाईन

सिनर्जी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वाणगंगा नगरपालिका वडा नं। ७ को १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

प्रदेश ५का सांसद विष्णु पन्थीले सिनर्जी साकोसको १२ औं बार्षिम साधारण सभालाई संवोधन गर्दै यस्तो वताउनु भएकोहो । “सुरक्षित भबिष्यका लागि बचत, आर्थिक उन्नतीका लागि उद्यमशिलता” मूल नारालाई आत्मसाथ गर्दै स्थापना भएको सिनर्जी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभामा सांसद पन्थीले सहकारीका सदस्यहरु ब्यवसायिक बन्ने बेला आएको बताउदै त्यसको नेतृत्व सिनर्जी सहकारीले गर्नुपर्ने धारणा राख्नु भयो ।
साधारण सभामा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले आर्थिक बर्ष २०७५÷७६ को वार्षिक निती तथा कार्यक्रम तथा आगामि आर्थिक बर्षका योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका सचिव ज्योतिष कृष्ण प्रसाद पाण्डेले संस्थाका निर्णयहरु र कार्यान्वयनको संक्षिप्त प्रस्तुत गर्दै रु ३ करोड ३२ लाख ५५ हजार ३ सय ५६ रुपियाँ ३२ पैसा कुल खर्च र १ करोड ९७ लाख ५६ हजार ३ सय ९९ रुपियाँ ३ पैसा बराबरको आय व्यय प्रस्तुत गर्नु भयो। कार्यक्रममा सहकारीले भौतिक व्यबस्थापन, संस्थागत विकास तथा क्षमता अभिवृद्धि, कर्मचारी व्यबस्थापन सम्बन्धि कार्यहरु गरेको बताइएको छ । त्यस्तै कार्यक्रम मार्फत सहकारीले कपिलवस्तु वाल गृहका अस्हाय वालवालिकालाई रु १० हजार प्रदान गरेको थियो ।

सहकारीका कोषाध्यक्ष चिरञ्जिवी पन्थले सहकारीको एक आर्थिक बर्षको आयव्यय प्रस्तुत गर्दै संस्थाले विगत ५ बर्ष देखि आर्थिक बर्ष २०७५ ७६ मा गरेका आर्थिक कारोवारहरु शेयर सदस्य समक्ष प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभाले सफल वाल बचत कर्ता, असल बचत कर्ता, असल उद्यमीहरुलाई खादा तथा प्रशंसा पत्रले सम्मान गरेको छ । साधारण सभाले आगामि आर्थिक बर्षका लागि एक शेयर सदस्य एक नयाँ साथी योजना लागु गरि एक्सेस ब्राण्डको आधार तय गर्ने, सबै सदस्यहरुलाई न्युनतम ५ हजारको सेयर खरिदका लागि अभिप्रेरित गर्ने, संस्थगत विकास तथा विस्तार गर्ने, सेवामुलक कार्यक्रमलाई निरन्तरता दिने, समुदाय प्रतिको चासो कार्यक्रमलाई प्राथमिकता दिने लगायतका निती तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...