बार्सिलोनाका पूर्व मिडफिल्डर जाभीमा कोरोना पुष्टी

जनआवाज अनलाईन काठमाण्डौ

बार्सिलोनाका पूर्वमिडफिल्डर जाभीलाई कोरोना पोजेटिभ देखिएको छ। सामाजिक संजाल इस्टाग्राममा पोस्ट गर्दै उहाँले आफूलाई कोरोना पोजेटिभ देखिएको बताउनु भयो । ‘म आज आफनो टिम सँग आधिकारिक प्रतियोगितामा फर्किन सक्दिनँ। अल सदाद एससीका सहायक प्रशिक्षक डेभिड प्राट्सले टेक्निकल प्रमुखको रुपमा मेरो ठाउँ लिने छन् उहाँले भन्नु भयो ।

केही दिनअघि क्युएसएलको प्रोटोकल अनुसरण गर्दै मैले अन्तिम कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ देखियो भाग्यवश म पूर्ण स्वस्थ छु। तर प्रोटोकल अनुशरण गर्दै मैले यसलाई पराजित नगरेसम्म अलग्गै राखिन्छ।’ उहाँले इन्स्टाग्राममा लेख्नु भएको छ । ‘जब स्वास्थ्य अधिकारीहरुले मलाई अनुमति दिनु हुने छ । मेरो दैनिक तालिकामा सामेल हुनेछु। र पहिले भन्दा बढी इच्छाको साथ काम गर्नेछु । म सबै अधिकारी र विशेष गरेर क्युएसएल, क्युएफए र अलसदाद एससीको जिम्मेवार व्यक्तिहरुलाई धन्यवाद दिन्छु। ​जाभी हाल कतारी क्लब अल–सदादको प्रमुख प्रशिक्षक हुनु हुन्छ । अलखोर विरुद्धको आगामी खेलमा उहाँ अनुपस्थित हुनु हुने छ । पूर्व स्पेनी स्टार र उनकी श्रीमती नुरियाले गत अप्रिलमा बार्सिलोनाको क्लिनिकलाई कोरोना भाइरसविरुद्ध लड्न एक मिलियन युरो दान गर्नु भएको थियो । सन १९९८ मा बार्सिलोनाको सिनियर टिमबाट डेब्यु गरेका जाभीले सन २०१५ सम्म खेल्नु भएको छ । उहाँले बार्सामा रहँदा २५ वटा उपाधि जित्नु भएको थियो । जसमा ८ लालिगा उपाधि समावेश छ। स्पेनको राष्ट्रिय टोलीका लागि १३३ खेलमा सहभागिता जनाउँदै १३ अन्तराष्ट्रिय गोल समेत गर्नु भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...